कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिकामा कार्यरत स्वास्थ्यकर्मी र खेल प्रशिक्षकले पुर्नबहाली गर्न माग अघि सारेका छन । विद्यालयमा कार्यरत स्वाथ्यकर्मी जानकी चौधरी, सितारा राना, खेल प्रशिक्षक लिलाधर भट्ट र बिनिता विकले पुर्नबहाली गर्न माग अघि सारेका हुन ।

राजनीतिक पूर्वाग्रहीले वर्तमान सरकारले हटाउन खोजेको भन्दै दुई दिन भित्र पुर्नवहाली नभए आन्दोलनको चेतावनी दिएका छन । सोमबार गाँउ प्रमुख निर्मल रानालाई ज्ञापन पत्र बुझाउँदै पुर्नबहालीको माग अघि सारेका हुन । उनीहरुले लिखित परीक्षा लिएर उर्तिण भएपनि लालझाडी स्थानीय सरकार नेतृत्वले राजनीतिक पूर्वाग्राही गरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन ।

प्रतिक्रिया दिनुस