कञ्चनपुर असार,२ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडीमा पक्की पिच सडक निर्माण कम्पनीको लापरबाहीका कारण दुइ  साता नबित्दै भत्किन शुरू भएको छ । ठेकेदारले गुणस्तरहीन कालोपत्रे गरिएको भन्दै शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडीका स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

गुणस्तरहीन कालोपत्रे गरिएकाले कालोपत्रे बिग्रिन थालेको भन्दै स्थानीयहरुले चर्काे आलोचना समेत गरेका छन् । शुभम डेभलपर्र्सले करीब २ साता अघि निर्माण गरेको सडक बिग्रिन सुरु भएको हो ।

भौतिक पुर्वाधार कार्यालय मातहत का डेपलभर्सले निर्माण गरेको ५ सय ८० मिटर पिच सडक कतै बिच पिच बाट पिच नै उम्किने छ कतै खाल्डा पर्ने, कालोपत्रे गरिएको सडकका गिट्टि उम्किने गरेको कालागौडीका स्थानीय तथा नेकपा (क्रान्तिकारी माओवादी ) निकट शिक्षक नेता  केशव बहादुर साउदले बताउनु भयो । नेकपा (क्रान्तिकारी माओवादी ) निकट शिक्षक नेता तथा स्थानिय साउदको दवाब र पहलमा सोमवार शुक्लाफाँटा नगर प्रमुखको टोलीले समेत अनुगमन गरेको नेता साउदले बताए ।

गुणस्तरहीन तरिकाले सडक कालोपत्रे गरिएकाले उम्कन थालेको उहाँले बताउनु भयो । स्थानीयहरुको चर्काे दबाब र गुनासोपछि सोमवार शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराले समेत सडकको निरीक्षण गर्नु भएको छ ।

यस विषयमा पुर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख दिपक नेगीसंग बुझ्दा उहाँले सडकको निरीक्षण गर्नका लागि सब ईन्जिनियरको टोली पठाइएको र सो टोलीले दिएको प्रतिवेदनका अनुसार प्रक्रिया अघि बढ्ने बताउनु भयो । यता शुभम डेभलपर्र्सले भने कालोपत्रे गरिएको स्थानमा केही ठाउमा ट्रयाक्टरले गर्दा कालोपत्रे बिग्रिएको, केही ठाउमा गोबरले गर्दा कालोपत्रे बिग्रिएको र पानीले कटान गरेको ठाउँमा पनि कालोपत्रे बिग्रिएकाले बिग्रेको ठाउमाँ मर्मत गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुस