सुदूरपश्चिम प्रदेशमा कोरोनाको सङ्क्रमण पुन बढ्न थालेको छ । सुदुरपश्चिम प्रदेशमा हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको हो ।

असार ३२ गते गत शनिबार शून्यमा झरेको सङ्क्रमण मङ्गलबार मात्रै सुदुरपश्चिम प्रदेशमा नौ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयको तथ्याङ्कानुसार गत शनिबार कोरोना सङ्क्रमण शून्य रहेकामा आइतबार तीन, सोमबार सात र मङ्गलबार नौ जनामा सङ्क्रमण देखिएको हो ।

सङ्क्रमण भारतबाट नेपाल भित्रिरहेका व्यक्तिमा देखिएको छ । मङ्गलबार गड्डाचौकी नाकामा सात र गौरीफन्टा नाकामा दुई जनामा सङ्क्रमण देखिएको सुदुरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

जोखिम बढ्दै गएकाले सतर्कता अपनाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुस