कञ्चनपुरमा एक जना युवतीको उद्धार गरिएको छ । युवतीको मोबाइल बनाउने बहाना बनाएर काठमाडौंबाट महेन्द्रनगर पुर्‍याइएकी युवतीको उद्धार गरिएको छ। काठमाडौंबाट भगाइएकी ती युवतीलाई नेपालगन्ज हुँदै महेन्द्रनगर पुर्‍याएर भारत लैजान लागेको अवस्थामा महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएको हो।

महेन्द्रनगर बसपार्कबाट उदयपुरकी ती १६ वर्षीया युवतीलाई गैर सरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ। युवतीलाई भगाएर ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ। काठमाडौंका सवारी चालक लावडले युवतीलाई मोबाइल बनाउने बहानामा महेन्द्रनगरसम्म ल्याएका हुन्।

प्रतिक्रिया दिनुस