कञ्चनपुर । कञ्चनपुरका संयुक्त निजामती कर्मचारी ट्रेड यूनियन संघ संगठनले प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालको स्वागत गरेका छन । बिहीबार महेन्द्रनगरमा निजामती कर्मचारीका चार संगठनले पमुख जिल्ला अधिकारी अर्यालको स्वागत गरेको हो ।

नेपाल निजामती कर्मचारी संगठन कञ्चनुरका अध्यक्ष मान बहादुर चन्दले हालै जिल्ला आएका प्रजिअ अर्यालको चारै संगठनद्वारा स्वागत गरिएको बताए । उनका अनुसार नेपाल निजामती कर्मचारी संगठन सहित नेपाल निजामती कर्मचारी यूनियन, राष्ट्रिय कर्मचारी निजामती संगठन र एकीकृत सरकारी कर्मचारी संगठनले संयुक्त रुपमा प्रजिअको स्वागत गरेका छन ।

प्रजिअ अर्याललाई फुलमाला खादाले स्वागत गरिएको छ । आधिकारिक ट्रेड यूनियन कञ्चनपुरका अध्यक्ष खगेन्द्र पण्डित, नेपाल निजामती कर्मचारी संगठन अध्यक्ष मान बहादुर चन्द, नेपाल निजामती कर्मचारी यूनियन अध्यक्ष प्रेमसिह ऐर, राष्ट्रिय कर्मचारी निजामती संगठनका अध्यक्ष भान बहादुर र एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रीय सदस्य केशव दत्त बडू सहितले प्रजिअ अर्यालको स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुस