कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिकाले राजनीतिक पूर्वाग्रही ढङगबाट कर्मचारी हटाएको भन्दै उनीहरु आन्दोलित भएका छन । करार सेवाका कर्मचारीको चालु आर्थिक बर्ष २०७९÷०८९ साउन १ गतेदेखि करार सेवामा राखेका कर्मचारी हटाएको भन्दै हटाएका कर्मचारी आन्दोलनमा उत्रिएका छन ।

कञ्चनपुरका ९ वटै पालिका मध्ये लालझाडीले मात्रै कर्मचारी हटाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन । उनीहरुले गाँउप्रमुख निर्मल रानालाई ज्ञापन पत्रदेखि स्थानीय सरकार बिरुद्धमा आन्दोलन उत्रिएका छन । उनीहरु दैनिक स्थानीय सरकार बिरुद्धमा आन्दोलनमा होमिएका छन ।

चुनावका बेला गरिब दलित, थारु आदिवासीलाई रोजगारी दिन्छु भन्दै भोट माग्ने आज आएर हामी थारु, दलित कर्मचारीलाई नै थारु शासकले हटाएको भन्दै हटाएका कर्मचारीले गाँउ प्रमुख निर्मला राना र उप प्रमुख सपना चौधरी बिरुद्धमा निरन्तर आन्दोलनमा उत्रिएका छन ।

उनीहरुले पुर्नस्थापना नगर्दासम्म आन्दोलनमा जारी राख्ने बताए । हटाईएका थारु दलित कर्मचारीले आफुहरुमाथि जो थारुको उत्थानका लागि लड्छु भन्नेहरुले नै हटाएर गाँस (रोजिरोटी) खोसेको बताए । करार सेवामा आफुहरुले नियमित काम गर्दा समेत जानकारी बिनै जङगीशैलीमा हटाएको भन्दै गुनासो पोखेका छन ।

लालझाडी गाँउपालिका प्रवक्ता आशाराम रानाले उक्त कर्मचारी आवश्यक नपरेकाले हटाएको बताए । बाँकी उनीहरुले लगाउने आरोप निराधार मात्रै भएको प्रवक्ता रानाको भनाई छ । गाँउपालिका महासंघले समेत करार सेवाका कर्मचारी नहटाउन देशभैरीका पालिकासंग माग अघि सारेको छ । कि कर्मचारी नराख कि हटाउने काम बन्द गर भन्दै अन्य कर्मचारीले समेत सो कार्यको बिरोध गरेका छन ।

प्रतिक्रिया दिनुस