शुक्रवार साउन ६ गते कञ्चनपुरमा पनि ४० औ बि.पि. स्मृति दिवश मनाइएको छ । बी पी स्मृति दिवशको अवशर पारी आयोजित कार्यक्रममा नेपाली कांग्रेशका नेता तथा शुभचिन्तकहरुले बी.पीको सिद्धान्तमा हिड्न सके मात्र देशमा समृद्धि आउने बताएका छन् ।

यसैगरी कतिपय नेताहरुले नेपाली कांग्रेश बि.पि.को सिद्धान्त भन्दा बाहिर जान थालेको बताएका छन् । आज ४०औ बि.पि. स्मृति दिवश मनाउने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा रहेको बी.पीको शालिकमा संविधान सभा सदस्य बहादुर सिह थापा, नेपाली कांग्रेश कञ्चनपुरका उपसभापति मिनबहादुर सिह, नेता भिमराज भट्ट लगायतका नेताहरुले माल्याअर्पण गरेका थिए भने महाकाली प्रादेशिक अस्पतालमा ९० जना बिरामीहरुलाई फलफुल समेत वितरण गरिएको थियो ।

यस्तै कञ्चनपुरको वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा, उप प्रमुख तुलसी जोशी लगायतका नेपाली काग्रेसका नेता तथा शुभचिन्तकहरुले बि.पि.जयन्तीको अवसरमा वेदकोट नगरपालिकाको वडा नम्बर ७ मा रहेको घटाल माध्यमिक विद्यालयको परिसरमा र दैजी बजार क्षेत्रमा वृक्षारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुस