सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमित थपिनेक्रम रोकिएको छैन् । केही समय घटेको सक्रमणदर बढि रहेको हो । यसैविच सुदूरपश्चिममा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थय निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको सीमा नाकामा परीक्षण गर्दा ९ जनामा संक्रमण भेटिएको हो ।

निर्देशनालयका अनुसार कञ्चनपुरको सीमा नाकामा ३२१ जनाको ऐन्टिजेन परीक्षण गर्दा ५ जना र सेतीमा २६ नमूनाको पीसीआर परीक्षण गर्दा ४ जनामा संक्रमण फेला परेको हो। यस्तै सेती प्रादेशिक अस्पतालमा एकजना कोरोना संक्रमित आईसीयूमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुस