महेन्द्रनगर । कञ्चनपुरका आदिवासी जनजाती समुदायबाट निर्वाचित महिला जनप्रतिनिधीलार्ई तालिम दिईएको छ । महिला शसक्तिकरण नेपालले आदिवासी जनजाती समुदायबाट निर्वाचित महिला जनप्रतिनिधीलार्ई तालिम लिईएको हो ।

बेलौरी, पुनर्वास र भीमदत्त नगरका आदिवासी महिला जनप्रतिनिधीलार्ई तालिम लिएको महिला शसक्तिकरण नेपालले जनाएको छ । महिला शसक्तिकरण नेपालका अध्यक्ष रस्मिला प्रजापतीले महिला जनप्रतिनिधीको कानुनी अधिकार एव राजनीतिक पैरवीका विषयमा तालिम दिएको बताए ।

बेलौरी, पुनर्वासमा महिला अगुवा पुर्ण कुमारी गुरुङ्ग, पुनम श्रेष्ठ र महिला शसक्तिकरण नेपालका अध्यक्ष रश्मी प्रजापतिले भीमदत्तमा प्रशिक्षण दिएका थिए ।

कञ्चनपुरका आदिवासी अगुवा नेता विकास श्रेष्ठले आदिवासी जनजाती महिलाको क्षमता अभिबृद्धि एव अधिकार बारे दिएको तालिम व्यवहारिक कार्यान्वन गर्दै सेवा दिनुपर्नेमा जोडदिए । जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख राम कुमारी रानाले तालिमबाट काममा थप उर्जा मिलेको बताईन । उनले तालिममा सिकेका विषयबस्तु व्यवहारिक कार्यान्वयन गर्ने बताईन । तीनै पालिकामा संचालित तालिममा झण्डै एकसयकै हाराहारीमा महिलाले तालिम लिएका छन ।

प्रतिक्रिया दिनुस