कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरकी किशोरी छात्रा निषा विष्टले आफ्नो जन्मदिवस बृद्धाआश्रममा मनाएकी छिन । नयाँतिलकपुरकी स्थानीय छात्रा विष्टले आफ्नो जन्मदिवस बेसाहरा जेष्ठ नागरिकसंगै मनाएकी हुन ।
विष्टले आफ्नो जन्मदिनको अवसरमा बेदकोट नगरपालिका ८रौटेला स्थित बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा बस्दै आएका जेष्ठ नागरिकलाई खाद्यान्न, फलफुल एव दक्षिणा वितरण गरेर जन्मदिन मनाएकी छिन ।
उनले जन्मदिवसको अवसमा फजुल खर्च गर्नुभन्दा समाजिक काम गरेर बेसाहरा जेष्ठ नागरिकलाई खिर, खाद्यान्न, फलफुल एव मिठाईका साथै सबै जेष्ठ नागरिकलाई दक्षिणा वितरण गरेकी हुन । विष्टले आफ्नो जन्मदिन बेसाहरा नागरिकसंगै मनाएपछि उनको प्रसंसा भएको छ । बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा बस्दै आएका जेष्ठ नागरिक एव समितिले उनको प्रसंसा गरेका हुन । स्नातक अध्ययन गर्दै आएकी विष्ट बैजनाथ माध्यामिक विद्यालयका प्रअ मदन बहादुर विष्टकी छोरी हुन । अभिभावककै निर्देशन अनुरुप विष्टले बेसाहरा नागरिकसंगै जन्मदिवस मनाएकी छिन । पछिल्ला दिनमा जन्मदिनको अवसर पारेर होटल तथा घरमा फजुल खर्च गर्ने कुसंस्कृतिलाई विष्टले तिलान्जली दिदै समाजिक कार्य गरेर समाजिक रुपमा उदाहरणीय काम गरेकी छिन । बृद्धआश्रममा विष्टका अभिभावक सहित आफन्तको समेत उपस्थिति रहेको थियो ।