बोलन्या थली डडेल्धुरा युनिटले प्रधानमन्त्री शेरबहादुर देउवालाई ३ बुदे माग सहितको ज्ञापन पत्र बुझाइएको छ । बिभिन्न तिन बुँदे माग राख्दै बोलन्या थली डडेल्धुरा युनिटले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको हो ।
सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत डडेल्धुरा युनिटले तीन बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको छ । डडेलधुरामा बिमानस्थल निमार्ण, जिल्ला सदरमुकाम सडक विस्तार, महाभारत केवलकार निमार्णको सम्भाव्यता अध्ययनको माग सहित थलीले डडेल्धुरा प्रशासनमार्फत १० हजार हस्ताक्षर सहित ज्ञापनपत्र पठाएको थलीका जिल्ला संयोजक दीपक भट्टले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश भरीमा सदियौँ देखी जरो गाडेर बसेका अभाव, गरिबी, अशिक्षा, बेरोजगारी, जातीय विभेद, लैङ्गिक हिंसा जस्ता अनेकै रुढीग्रस्त समस्याहरूको दीर्घकालीन समाधानको लागि राज्यको नेतृत्व सँग आग्रह गरेको छ ।