कञ्चनपुर । बर्षातका बेला विपद् जोखिम न्यूनिकरण एव विपद्मा परेका नागरिकको उद्दाका लागि सशस्त्र प्रहरी बल डोटीमा खटिएको छ । बर्षातका लागि सम्भावित विपद्का घटना हुन नदिन र हुने घटनाबाट जोगिनका लागि सशस्त्र प्रहरी बल डोटीमा पुर्व तयारीका काममा जुटेको छ ।

सशस्त्र प्रहरी बल ३६ नम्बर गणले सेती नदीको जोखिम कटानी क्षेत्रमा जैविक तटबन्ध निर्माण गरेको छ । सशस्त्र प्रहरी बल ३६ नम्बर गणका अनुसार सेती नदी स्थित शिखर नगरपालिका १० स्थित सिद्धेश्वर माध्यामिक विद्यालय जोगाउनका लागि तटबन्धनिर्माण गरिएको जनाएको छ । सशस्त्र प्रहरी निरीक्षक डबल बहादुर ऐरी नेतृत्वमा ४५ जना सशस्त्र प्रहरीको टोली खटिएर जैविक तटबन्ध निर्माणमा जुटेको हो । सशस्त्र प्रहरी बल ३६ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बिरसिह शाहुले विपद्का बेला सशस्त्र प्रहरीले आफ्नो स्रोत साधनबाट भ्याएसम्म जनताको सेवामा खटिएको बताए । सशस्त्र प्रहरीले सेती नदीको कटानी रोक्नका लागि विद्यालय बचाउने उदेश्यले गरेको तटबन्धबाट विद्यालय सहित स्थानीय अभिभावक उत्साहित भएका छन । जनताको सुरक्षामा खटिने सशस्त्र प्रहरीले विपद् जोखिमका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्थानीय हर्षित भएका छन ।

प्रतिक्रिया दिनुस