नागरिता बिधेयक पास गरेको भन्दै  प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध सार्वजनिक कार्यक्रम स्थलमै नाराबाजी भएको छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी भएको हो ।

नागरिकता विधेयक र एमसीसी खारेजको माग गर्दै प्रधानमन्त्री देउवाविरुद्ध केही युवाले नाराबाजी गरेका हुन् ।

प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौंजस्ता नारा लगाउँदै युवाहरु विरोधमा उत्रिएका हुन् ।

नाराबाजी लगाएको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुको परिचय खुलाइएको छैन ।

सरकारमा रहेका गठबनधन दलहरूले राष्ट्रघाती एक पछि अर्को काम गर्दै आएका छन । एमसिसि पास गरेको केहि महिनामा भारतको इसारामा नागरिता विधेयक पास गरेर देश लाइ गुलाम बनाउने खेलमा रहेका छन ।

प्रतिक्रिया दिनुस