नेपालमा कोरोनाको संक्रमण दर बढेसंगै ज्यान गुमाउनेको संख्या  बढेको छ । यसैविच कोरोना सङ्क्रमणका कारण थप दुई जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । केही समय सङ्क्रमणका कारण ज्यान जाने क्रम रोकिए पनि पछिल्ला केही दिनयता ज्यान गुमाउनेको सङ्ख्या थपिने क्रम बढिरहेको छ । अहिलेसम्म नेपालमा कोरोनाका कारण ११ हजार नौ सय ५९ जनाको ज्यान गएको छ ।

यस्तै २४ घण्टामा ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुस