कञ्चनपुर । बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्टले कार्यभार सम्हालेका छन । बिहीबार एक कार्यक्रमका विच एसएसबी विष्टले कार्यभार सम्मालेको हुन । हालै विष्ट एसएसपीमा बढुवा भएका थिए ।

उनलाई प्रहरी प्रधान कार्यालयले नेपालगञ्ज संघीय प्रहरी कार्यालयमा सरुवा पदस्थापन गरेको थियो । नेपाल प्रहरी प्रदेश कार्यालय(संघीय प्रहरी इकाई कार्यालय) तत्तकालिन अञ्चल प्रहरी कार्यालय नेपालगञ्जको प्रमुखमा एसएसपी विष्टलाई जिम्मेबारी दिईएको हो ।

कार्यभार सम्हाल्दै एसएसपी विष्टले मातहतका कर्मचारीलाई शान्तिु सुरक्षाका साथै जनताको सेवामा चुस्तदुरुस्त भई काम गर्न निर्देशन दिनुभयो । एसएसपी विष्टले अहिले बर्षातको समय भएकाले नागरिक विपद्मा पर्न सक्ने भएकाले उद्दारका लागि तयारी अवस्था रहन समेत निर्देशन दिएका छन ।

कार्यालय प्रमुखको जिम्मेबारीमा आएका एसएसपी विष्टलाई प्रहरी जवान एव अधिकृतले स्वागत गरेका थिए । एसएसपी विष्टले प्रहरी निरीक्षदेखि हालसम्म विभिन्न स्थान जोखिमयुक्त क्षेत्रमा कार्यभार सम्हालिसकेका छन ।

प्रतिक्रिया दिनुस