कञ्चनपुर, ११ साउन । गएको १० असारमा कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणीबंककी महिला जानकी भट्टको मोवाईलमा अपरिचित वाट्सअफ नम्बरबाट एक म्यासेज आयो ।
जानकीको ९८६८५३४८२९नम्बरको वाट्सअफमा ९८२८०८५५६६ नम्बरबाट आएको म्यासेज यस्तो थियो, ‘तपाईलाई बधाई छ । तपाईकोे नाममा २५ लाखको चिट्टा प¥यो ।’ उक्त म्यासेज पाएपछि जानकीको परिवार खुसीले गदगद भयो ।
आर्थिक रुपमा विपन्न भट्ट परिवारका लागि उक्त म्यासेजले खुसीको सिमा नाध्यो । अपरिचित नम्बरबाट आएको म्यासेजवालाले उक्त चिट्टा बाफत फसेको रकम ट्रान्सर्फरका लागि थप अर्को म्यासेज पठायो । उताबाट भने अनुरुप भट्टकी छोरी पुर्णमा भट्टले आमाको नाममा रहेका आवश्यक कागजात पठाए ।
एनएमबी बैंकमा जानकी भट्टको खाता छ । भट्ट परिवारले २५ लाख पाईने लोभले ठगलाई खाता नम्बर, मोबाईल बैंकिङ्ग कोड सहित पठाईदिए । त्यतिबेलासम्म ठग समुहले जानकीको खाताबाट १ लाख ८ हजार रुपैया अर्को खातामा ट्रान्सफर गरिसकेका थिए ।
जानकीको खाताबाट सिराहा गोलबजार स्थित मुक्तिनाथ विकास बैंक एमडी सबिर नामका व्यक्तिको खातामा ट्रान्सर्फर भएको पाईएको छ । भारतीय भाषामा बोल्ने व्यक्तिहरुले चिट्टा परेको भन्दै खातामा भएको रकम लुटेको जानकीले बताईन ।
चिट्टा परेको खबर गर्ने व्यक्ति सम्पर्कमा नआएपछि जानकीले एकसातापछि बैंकमा पुग्दा रकम झिकेको थाहा पाईन । ‘चिठा प¥यो, तपाईको खाता नम्बर, पिनकोड दिनुहोस भन्ने व्यक्ति सम्पर्कमा नआएपछि बैंकमा बुझ्न जाँदा रकम ट्रान्सफर भएको छ, तपाईको खातामा २५ लाख होईन रकम नै नआएको बैंकका कर्मचारीले बताउँदा आकासबाट खसेजस्तो भयो, ‘उनले भनिन, ‘लुटनका लागि हामी विपन्न परिवार नै पाईछ ।
जानकीका श्रीमान मोतीराम भट्टलाूई कोरोना लागेपछि थप बिरामीले च्यापेसंगै काम गर्न सक्दैनन । उनका ३ छोराछोरी सहित पाँच जनाको परिवार छ ।
भट्ट परिवार आर्थिक रुपमा विपन्न भएकै कारण कलाकार कृष्ण कडेलले संचालन गरेको ईन्द्रेणीबाट दिएको उक्त रकम नै लुटेरा समुहले लुटेको उनले दुखेसो पोखिन् । ‘मेरो परिवार आर्थिक रुपमा विपन्न छ, ‘जानकीले भनिन, ‘सन्तानको शिक्षादिक्षाका लागि ईन्द्रेणीको सहयोगमा विदेशबाट पठाइ दिएको रकम ठगले लगिदिए, अब कसरी छोराछोरीको शुल्क तिर्ने हुँ ।
आफ्नो खाताबाट रकम लुटिएपछि फिर्ता र कार्बाहीका लागि जानकीले ईलाका प्रहरी कार्यालयमा निवेदन दिएईन । जानकीको निवेदनका आधारमा ईप्रका झलारीले मुक्तिनाथ विकास बैंक र एनएमबी बैंक शाखा झलारीमा नियमाअनुसार रकम फिर्ता गरिदिन पत्र लेखेपनि दुवै बैंकले जानकीलाई झुलार्ईरहेका छन । ठगले २२ हजार मात्रै ठग्न पाएको छ । प्रहरीको निवेदनपछि उता मुक्तिनाथ विकास बैंकले समेत जानकीको खाताबाट ट्रान्सर्फर भएको बैंक खातावाला एमडी सबिरको खाता रोक्का गरेको छ । ‘मुक्तिनाथ विकास बैंकमा आफ्नो ठगिएको रकम फिर्ताका लागि माग गर्दा एनएमबीलाई देखाउँछन, एनएमबीमा जाँदा उता बैंक देखाउँछन, ‘उनले भनिन, ‘ठगेर लगेर रकम फिर्ताका लागि दुवै बैंकले आफुलाई सहयोग गर्नुको साटो उल्टै दुख दिने गरेका छन ।’ मुक्तिनाथ विकास बैंकले रकम फिर्ताका लागि एनएमबी बैंकको पत्र माग्ने गरेको र एनएमबीले यो आफ्नो दायित्व भित्र नपर्ने भन्दै फकाईदिने गरेको छ ।’ एनएमबी बैंक महेन्द्रनगरका शाखा प्रमुख दिपक कार्कीले जानकी भट्टको खाताबाट स्टम अनुरुप ट्रान्सफर भएको रकम हामीले फिर्ताका लागि अर्को बैंकलाई पत्र लेख्न नसक्ने बताए । ठगेर आफ्नो खातामा पैशा ल्याउने मुक्तीनाथ विकास बैंकका ग्राहकमाथि प्रहरीले छानबिन गरेर सो बैकले यस विषयमा जिम्मेबारी निर्वाह गर्नुपर्ने एनएमबी बैंक शाखा महेन्द्रनगर प्रमुख कार्कीको भनाई छ ।
ठगको चुङ्गोलमा परेकी जानकीको समस्या बारे दुवै बैंकले गैर जिम्मेबारीपन देखाउँदा विपन्नको बैंकप्रति विश्वास घटदै गएको जानकीको दुखोसो छ । ‘मेरो लुटिएको पैशा फिर्ताका लागि एनएमबी कि र मुक्ति विकास बैंक को जिम्मेबार हुनेहुन, ‘उनले भनिन, ‘विपन्न बैंकका ग्राहकमाथि यस्तो महासंकट पर्दा कुनैपनि बैंकबाट सहयोग, सदभाव देखिएन ।’ प्रहरीले चाहे ठग समुहसम्म पुग्न उक्ने उनको भनाई छ । जानकी जस्तै कञ्चनपुरका थुप्रै ठगिएका छन ।