कञ्चनपुरबाट मंगलवार काठमाडौँका लागि छुटेको बस नवलपरासी पूर्वको दाउन्नेमा पल्टिएर आगलागी भएको छ ।
महेन्द्रनगर देखि काठमाडौँका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगलागी भएको छ ।
नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् । घाइते यात्रुमध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको नवलपुर प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।
गम्भीर घाइते ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ । अन्य सामान्य घाइतेहरूको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुस