गत आर्थिक बर्ष २०७५ /२०७६ को बजेट समिक्षा कार्यक्रम शुक्लाफाटा नगरपालिकाले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरिएको छ ।शुक्लाफाटा नगरपालिकाको आर्थिक बर्ष को आय र व्यय बजेट विबरण कार्यकारी अधिकृत उप सचिव बिसन शिह थापाले प्रस्तुत गरेको थिए । प्रस्तुत गरेको समिक्षा मा नगरपालिका हचुवा र कछुवा तालमा चलेको प्रतिवेदनमा प्रष्ट देखिएको छ ।

कुनै पनि गैरव का आयोजना शुरु गर्ने नसकेको मेयर दिल बहादुर ऐरले बताउनुभयो ।‘डिपिआर निर्माण गरेर नगरका अल्प तथा दिर्घकालिन योजना अघि बढाउँछौँ, ‘नगर प्रमुख ऐरले भने, ‘हामीले अघिल्ला नगर सभाबाट योजना पारित गरिसकेका छौँ, अब कार्यान्यनको चरण मात्रै हो ।’ नगर प्रमुख ऐरले शुक्लाफाँटाका १२ वटै वडा जोड्नेका लागि १२ मिटर चौडाईको १६ किलोमिटर चक्र्रपथ निर्माण गरिने बताउनुभयो । नगर प्रमुख ऐरले १२वटै वडाबाटै सेवा संचालन गरिने बताए ।

उनका अनुसार चालु आर्थिक बर्षसम्ममा ८वडाबाट कामकाम शुरु भएको छ । ‘सबै वडाका भवन निर्माण गरेर, जनतालाई सिहदरबारको अधिकार घरघरमा पु¥याउँछौँ, ‘नगर प्रमुख ऐरले भने, ‘अहिले वडाका भवन धमाधम बनिरहेका छन् ।’ अवको आर्थिक बर्षमा शुक्लाफाटा नगरपालिकाको गैरवका आयोजना डिपियार तयार भईरहेकोले आर्थिक बर्षको नगर सभा बाट बजेट विनियोजन गरी शुरू गर्ने तयारी रहेको बताउनुभयो । खास गरी गैरवका आयोजना नगर अस्पताल, सिटी बस, बसपार्क, चक्रपथ, लगायत आयोजना शुरू गर्नु मेयर ऐरले बताउनुभयो ।

लक्षितित बर्ग का लागि नगर सभा कुनै पनि बजेट नराखेको भन्दै नगर उप प्रमुख तुलसी देवी हमालले दुख व्यक्त गरे जन प्रतिनिधिहरु आए देखि न्यायिक समितिमा ८६ ओटा मात्र मुद्दा परेको बताउनुभयो । ८६ ओटा मुद्दा हरु मध्ये बाट एक ओटा मुद्दा मात्र मिला पत्र नभएकोले जिल्ला अदालत पठाएको छ अरु सबै मुद्दा मिला पत्र गरेको उप प्रमुख तुलसी देवी हमालले बताउनुभयो । आज राखेको समिक्षा कार्यक्रम छलफल नगरिकन गलत तरिकाले ल्याएको भन्दै नगर प्रवक्ता जगत शिह र वार्ड ८ का अध्यक्ष बहादुर महरा ले समिक्षा कार्यक्रम बहिष्कार गरेका छन । प्रवक्ता शिहले छलफल र जानकारी नगरी आयोजना को प्रतिवेदन प्रस्तुत गरेको हुदा बहिष्कार गरेको बताउनुभयो ।

बाकि फोटो फिचर बाट

 

प्रतिक्रिया दिनुस