कञ्चनपुर । दार्चुला शैल्यशिखर नगरपालिका प्रमुख वियसिह धामीलाई बलात्कारको आरोप लागेको छ । सोही नगरपालिकाका एक बृद्ध एकल महिलाले आफुमाथि मेयर धामीले बलात्कार गरेको आरोप लगाएकी हुन ।

बृद्ध ति महिला सहित घर परिवारले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै आफुमाथि मेयर धामीले बलात्कार गरेको आरोप लगाएकी छिन । ०६१ सालमा जंगलमा घाँस काट्ने गएकी बेला आफुमाथि शैल्यशिखर नगरपालिका प्रमुख वियसिह धामीले बलात्कार गरेको बताईन ।

‘म जेठ महिना गाँउबाट जंगलतिर घाँस काट्न गएकी थिए, उतिबेला धामीले मलाई रोकेर भिडमा लगेर जबरजस्ती बलात्कार गरे, ‘ति बृद्ध महिलाले भनिन, ‘त्यतिबेला देशमा युद्ध चलिरहेको थिए, डर र लाजले कसैसंग भनेन, ‘उनले भनिन, अहिले चुनाव जितेपछि पनि बलात्कार गर्न खोज्दैछ ।’

एमाले दार्चुलाका नेता एव मेयर धामीले विगतमा आफुमाथि गरेको बलात्कारको घटनाबारे कसैलाई नभन्न धम्की दिदै आएको बताईन । ‘मेरो एक अपाङ्ग छोरा छ, पटक पटक मेरै घरमा आए फेरीपनि मेयरले धम्की दिईरहेका छन, ‘उनले भनिन, ‘मैले कहिले न्याय पाउँछु ।’

धुरुधुरी हुँदै ति महिलाले आफुलाई न्याय दिलाउँन माग अघि सारिन् । बाध्य भएर न्यायका लागि तराई झरेको उनले बताईन । ‘जब यस्ता बलात्कारी मान्छे सत्तामा जान्छन, त्यस्ता व्यक्तिबाट के न्याय र नगरका छोरीबेटी कसरी सुरक्षित हुन्छन ।’

आफ्नो ईज्जत लुटनेमाथि कानुनी कार्बाहीको माग अघि सारिन । ‘म सानो बालक छाडेर आएको छुँ, ‘उनले भनिन, ‘मेरा कोही मान्छे नहुँदा मेयरले ममाथि फेरीपनि बलात्कार कुदृष्ट्रि राख्न खोजेको छ ।’ आफ्ना मान्छे नहुँदा मेयरले बेला बेलामा सो पोल नखोल्न धम्की दिन थालेपछि आफु तराईतिर आएको बताईन ।

अहिलेपनि आफ्नो पछि परेको बताउँदै उनले बलात्कारी मेयरमाथि कार्बाही नहुँदा आफु पीडामा रहेको बताईन । महिला अधिकारकर्मीले समेत जबरजस्ती बलात्कार गर्ने मेयरमाथि घटनाको छानबिन गर्न सरकारसंग माग अघि सारेका छन ।

यस विषयमा मेयर विजय सिह धामीको आफुमाथि लगाईएको आरोप निराधार भएको बताए । ‘मैले कुनैपनि महिलालाई बलात्कार र दुव्र्यवहार गरेको विषय सरासर निराधार हो, ‘उनले भने, ‘उहीलेको कुरा खुईले मात्रै हुन ।’

०५४ साल र ०७९ मा सम्पन्न भएको स्थानीय चुनाव हारेको झोकमा निर्वतमान मेयर अमर धामीले चुनाव हारेको झोकमा ति महिलालाई उस्काएको बताए । ‘ति बृद्ध र तिनका अपाङ्गता भएका छोराले समाजिक सुरक्षा भत्ता बुझेर गए, ‘उनले भने, ‘आजै म माथि खनिदैछन ।’

प्रतिक्रिया दिनुस