बैतडी घर भएका कलाकार जनकराज भट्ट जेआर माथि कैलालीको अत्तरीयामा ट्यांकर दुर्घटनाको लाइभ गरेको भन्दै ट्यांकर चालकहरुबाट कुटपिट भएको छ । अत्तरीया बसपार्क क्षेत्रमा कलाकार भट्टमाथि आज बिहान १० बजेतिर कुटपीट भएको हो ।

जिन्दगीमा कहिले नसोचेको घटना भएको भन्दै उनी फेसबुक लाइभमा धुरुधुरु रोएका छन् । ट्यांकर दुर्घटनाको बिषयलाई लिएर आफूमाथि कुटपिट भएको जे आर भट्टले बताए । कुटपिट पछि अहिले मायामेट्रो अस्पतालमा आफू उपचाररत रहेको भट्टले बताए । कुटपिटबाट भट्टको शरीरमा चोट लाग्नुका साथै कानको जाली समेत फुटेकोे बताए । उनले भने ‘जिन्दगीमा कहिले नसोचेको घटना आफुमाथी भएको छ । ममाथि अनाहक कुटपिट भएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीमा कुटपिटबारे ठाडो निवेदन दिएको भट्टले बताए । बैतडीको पाटन नगरपालिका ९ घर भएका जनक राज टिकटकमा सबैका लोकप्रिय भएका छन् । भट्ट सुदूरपश्चिमका नयाँ युवा पिडिका देउडा कलाकार समेत रहेका छन ।

प्रतिक्रिया दिनुस