कञ्चनपुर साउन १५ । नेकपा(बहुमत) निकट रहेको विद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी)ले केन्द्रिय शैक्षिक संघर्षको कार्यक्रम अनुसार शिक्षा क्षेत्रका सामुदायिक तथा निजी विद्यालयहरुमा भइरहेको बेथिति,अनियमितता,मनोमानी,महंगी,चर्को शुल्क लगायतका समस्या समाधानका माग राख्दै आइतवार देशैभरीका गाउँपालिका/नगरपालिकाको शिक्षा शाखामा मागपत्र बुझाएको छ ।

त्यस्तै केन्द्रिय कार्यक्रम बमोजिम सुदूरपश्चिम प्रदेशका कैलाली, कंचनपुर,बैतडी,डोटी लगायत विभिन्न जिल्लाहरुका नगरपालिका र गाउँपालिका शिक्षा शाखामा  ५ बुँदे मागपत्र बुझाएको अखिल(क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज सुरेन्द्र धानुक बताए  ।

तत्काल शिक्षा क्षेत्रका सामुदायिक तथा निजी विद्यालयहरुमा भइरहेको बेथिति,अनियमितता,मनोमानी,महंगी,चर्को शुल्क लगायतका समस्या समाधान नगरे अखिल‌ क्रान्तिकारी संघर्षका कार्यक्रम चरणबद्ध रुपले घोषित गर्न बाध्य हुने अखिल(क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज सुरेन्द्र धानुकले बताए ।

 

प्रतिक्रिया दिनुस