शुक्रवार जुलाई २९ तारिखका दिन अन्र्तराष्ट्रिय बाघ दिवश मनाइएको छ । बाघको संरक्षण र बाघसंग सम्बन्धित विषयका बारेमा जनचेतना फैलाउने र बाघको आहारको संरक्षण, वासस्थानको संरक्षण र बाघ संरक्षणका चुनौती लगायतका विषयमा विचारविमर्श गर्दै अन्र्तराष्ट्रिय बाघ दिवश नेपालमा पनि मनाइएको छ ।
यसैविच अन्र्तराष्ट्रिय बाघ दिवशको सन्दर्भ पारी कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयले एक कार्यक्रमको आयोजना गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या वृद्धि भएको जनाएको छ । साथै बाघको आहारको संख्यामा वृद्धि भएको समेत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
शुक्रवार अन्र्तराष्ट्रिय बाघ दिवशको अवशर पारी आयोजित उक्त कार्यक्रमका सभापति शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत मनोज ऐर रहनु भएको थियो भने प्रमुख अतिथि शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विस्थापितहरुलाई मुआब्जा सिफारिस गर्ने कार्यदलको कार्यालयका प्रमुख दल बहादुर बोहरा रहनु भएको थियो ।
यसैविच शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन् २००९ मा त्यहाँ ८ ओटा बाघ रहेकोमा अहिले त्यो संख्या बढेर ३६ पुगेको छ । विगत १३ वर्षयता गरिएको सर्वेक्षणमा बाघको संख्यामा उल्लेखनीय वृद्धि भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिनु भयो ।