नेकपा (बहुमत) पार्टीको सहायक संगठन युवा जनस्वयमसेवक नेपालले मिटर व्याजि आतंक तत्काल रोक्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा शुक्रबार ज्ञापनपत्र बुझाएको छ ।
युवा जनस्वयमसेवक नेपालको केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला समितिले जिल्ला प्रशासन कार्यलय कञ्चनपुरमा मिटर व्याजि आतंक तत्काल रोक्न ज्ञापनपत्र बुझाएको छ ।
मिटर व्याजि आतंक नरोकिए जनसंघर्षमा उत्रिने सोही संघर्षबाट सिर्जित परिस्थितिको जिम्मेवार उक्त व्यक्ति र प्रशासनले लिनुपर्ने कुरा युवा जनस्वयमसेवक,नेपाल कञ्चनपुर जिल्ला ईन्चार्ज दिपेन्द्र सिह ऐरीले बताए ।
सिराहा लगायत अन्य जिल्लामा चलिरहेको मिटरव्याजि विरुद्धको आन्दोलनम मा पनि कञ्चनपुर जिल्ला समितिले एक्यवद्धता जाहेर गरेको ऐरीले बताए।
ज्ञापनपत्र को पुर्णपाठ यस्तो छ
विषय :-ज्ञापनपत्र सम्बन्धमा
राष्ट्र यतिबेला आर्थिक समाजिक राजनितीक सांस्कृतिक समस्याहरुको भुमरीबाट गुज्रिरहेको छ।सत्ता सञ्चालक सत्ताको खिचातानी,कमिसन,मिलोमतो,भ्रष्टाचार,कुशासन,दलाली राष्ट्रघातको दुश्चक्रमा फसेका छन। महङ्गीको बढ्दो ग्राफले निम्न आय भएको जनताको साँझ बिहानको चुलो नबल्न सक्ने अवस्थामा पुगेको छ। शिक्षा स्वास्थ क्षेत्रको चरम लुटपाट सबैमा जगजाहेर नै छ।
अर्थतन्त्र माथि कालो बादल मडारिएको छ। भुमिगत अर्थतन्त्रको जरा वैधानिक अर्थतन्त्रको भन्दा बलियो बन्दै गईरहेको छ। बैंकिङ प्रणालीबाट सर्वसाधारणले रिण लिने कुरा कल्पना मा मात्रै सिमित हुदै गएको छ भने दुई नम्बरी धन्दा गर्ने फटाहहरु जनताको पैसा माथि राज गरिरहेका छन ।गाउँ-सहर सर्जित तमाम समस्याहरुमा फाईदा लुट्ने पासो थपेर बसेका सुदखोरले आतंक सिर्जना गरेका छन। कृत्रिम साहु-महाजन बन्ने प्रवृत्ति बढेर गएको छ। सर्वसाधारण जनता पैसा विहिन बनेका छन भने दलाली ,ठगि दुईनम्बरी गर्ने जालि फटाह,कमिसनखोर तस्करहरु पैसाका बोरा लिएर बसेका छन ।
कालो धनको धन्दा चलाएर अकुत आर्जनको सम्राज्य खडा गरेर खडा गरेका सुदखोरहरुले सोझासाझा जनतालाई अत्यावश्यक रकम रिण दिएको बाहना मा त्यसमाथि कृते तमसुख चेक बनाई रकम लुटपाट गरेका छन ।जनताको उठिबास लगाउने मिटर व्याज आतंक मेची देखि महाकाली सम्म विकराल समस्याका रुपमा देखा परेको छ।२० हजार रिण दिएर जालितमसुक मार्फत ५० लाख सम्म असुलउपर गरेको,घरखेत हडपेर सर्वसाधारण को सर्वस्वहरण तथ्यहरु दिनानुदिन सार्वजनिक भईरहेका छन ! हालै पनि सिरहा लगायतका अन्य जिल्ला भईरहेको मिटरव्याजी आन्दोलनमा हाम्रो संगठन युवा जनस्वयमसेवक, नेपाल कञ्चनपुर पनि एक्यवद्धता जाहेर गर्दै । त्यसको संरक्षण प्रहरी प्रशासन,दलाल सत्ताका केही नेता देखि कर्मचारीहरुले गरेका छन ।
यस विकराल समस्याले उत्पन्न गरेको परिस्थिति बारे हाम्रो संगठन युवा जनस्वयमसेवक नेपाल,कञ्चनपुर को गम्भीर ध्यानाकर्षण भएको छ।समस्या परेका सर्वसाधारणलाई रिण दिने र प्रशासनको मिलोमतोमा मिटर व्याज असुल्ने सुदखोरहरुका विरुद्ध देशव्यापी संघर्षका कार्यक्रम तर्जुमा गर्ने ठाउँमा पुगेका छौँ ।
सम्झौता गर्दा एक पैसा असुल गर्दा जालि कागज तमसुक सम्झौता देखाएर राज्यकै संरक्षणमा मिटर व्याजको धन्दा चलाएर वस्नेहरुको क्रियाकलाप तत्काल बन्द गर्न र जनताको माग उपर नजरअन्दाज गर्ने मिटर व्याजको धन्दालाई अकुत सम्पत्ति कमाउने धन्दा बनाएर कुम्ल्याउने मनस्थितिमा केही प्रशासनका केही व्यक्तिहरु र तिनका मिलोमतोमा चलेका सुद्खोरहरु रहने हो भने हाम्रो संगठन जनसंघर्षमा जान बाध्य हुने छ। यसबाट सिर्जित परिस्थितिको जिम्मा सम्बन्धि व्यक्तिहरु र प्रशासन हुने यसै ज्ञापनपत्र मार्फत अवगत गराउन चाहन्छौँ ।