बैतडीको डिलाशैनी गाउँपालिका ५ सेरामा बन्चरो प्रहार गरी एक जनाको हत्या गरिएको छ । बन्चरो प्रहारबाट ६० बर्षिय बृद्ध अन्तराम जोशीको मृत्यु भएको छ । मृतक अन्तराम जोशीका आफ्नै छोरा २१ बर्षका लोकेन्द्र जोशीले सुक्रबार बिहान बन्चरो प्रहार गरी हत्या गरेको छ । घटनाको कारण खुलेको छैन । आफ्नै बुवाको हत्या गर्न लोकेन्द्र जोशी लाइ प्रहरीले पक्राउ गरेको छ ।
डिलाशैनी गाउँपालिका प्रबक्ता यज्ञ भट्टले बन्चरो प्रहारबाट बिभत्स हत्या गरिका जोशी प्रति आफ्नो फेसबुक मार्फत दुख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन ।
प्रतिक्रिया दिनुस