कञ्चनपुर । ०५८ सालमा काँग्रेस सभापति एव हालका प्रधानमन्त्री शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा जनताको काँधमा बन्दुक तेस्र्याएर जबरजस्त घरबाउने काँग्रेसले अहिले चुनावको मुखमा आयोग बनाएर पठाउने काम गरेको भन्दै कृष्णपुरका आरक्षपीडित आक्र्रोसित भएका छन ।

शुक्लाफाँटा निकुञ्जबाट विस्थापित पीडितको मुआब्जा निर्धारणका लागि काँग्रेस नेता दल ब. बोहराको संयोजकत्वमा सरकारले आयोग गठन गरेको छ । तर, उक्त आयोगका संयोजक बोहरा पीडित बस्तीमा पुग्ने वितिकै लखेटिएका छन । पीडित जनताकाको भलो नगर्ने तिम्रो काँग्रेस सभापति देउवाले हामीलाई उठाएर उठीबासी गर्ने आज चुनावका मुखमा के खान हाम्रो बस्तीमा आउने भन्दै बोहरा बिरुद्धमा गएर बिरोध गर्दै ढुङ्गामुढा गरेर लखेटिएका छन । ०५८सालमा विस्थापित पीडितको पुर्नस्थापना नहुँदा पीडितको बिल्लीबार भएको छ । तर, काँग्रेस सरकारले एकातिर उठाउने अर्कातिर समस्या समाधान नगर्ने आफ्ना कार्यकर्तँ पाल्ने काम गरेको भन्दै पीडित आक्र्रोसित भएका छन ।

प्रतिक्रिया दिनुस