नेकपा बहुमत पार्टी निकट रहेको बिध्याथी संगठन अखिल क्रान्तिकारीले सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री लाइ शिक्षाका विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका छन ।

मंगलवार सामाजिक मन्त्री लाइ  अखिल क्रान्तिकारी सुदुरपश्चिम प्रदेश कमिटिले  नेपालको वर्तमान संविधानको भाग ३ धार ३१ मा समेत आधारभुत तहको शिक्षा अनिवार्य र निशुल्क,माध्यमिक तहको शिक्षा निशुल्क लेखिएको‌ भए पनि सरकारबाट कार्यान्वयन गरिनुपर्ने  भन्दै ८ बुदे माग सहित ज्ञापनपत्र बुझाएका छन ।

सुदुरपश्चिम प्रदेश सरकार सामाजिक मन्त्रालय प्रस्तावित गेटा मेडिकल कलेज लाई मेडिकल विश्वविद्यालय बनाउने गरि पहलकदमी गर्न  चुकेको भन्दै तत्काल पहल गरेर छिट्टै मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै क्रान्तिकारीले ज्ञापनपत्र बुझाएको इन्चार्ज धानुकले बताए ।

यस्तो छ क्रान्तिकारीले बुझाएको ज्ञापनपत्र

श्री माननीय मन्त्री ज्यु,
सामाजिक विकाश मन्त्रालय
सुदुरपश्चिम प्रदेश

विषय : ज्ञापनपत्र

नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको मूल प्रवाह हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) शैक्षिक क्षेत्रको आमुल रुपान्तरण,राष्ट्रियता,जनजिविका र जनतन्त्रको पक्षमा भिषण संघर्ष गर्दै न्याय,मुक्ति र समानताको लागी संघर्षशील सङ्गठन हो। नेपालको वर्तमान संविधानको भाग ३ धारा ३१ मा समेत आधारभुत तहको शिक्षा अनिवार्य र निशुल्क,माध्यमिक तहको शिक्षा निशुल्क लेखिएको छ। तर राज्य र यसका सम्बन्धित निकायहरु यसप्रति उदासिन भएर मुकदर्शक बनेका छ्न। यस बारे हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो सङ्गठनको तर्फबाट यस प्रदेश भित्र शिक्षा संग सम्बन्धित निम्न मागहरू सहितको ज्ञापनपत्र पेश गर्दछौँ। यस सन्दर्भमा यथाशीघ्र गम्भीर छलफल गरी पहलकदमी लिन आग्रह गर्दछौं। अन्यथा सङ्घर्षमा जाने कुरा जानकारी गराउँदछौं।
मागहरू :
१. प्रदेश सरकारद्धारा शिक्षामा कम्तिमा २० प्रतिशत बजेटको व्यवस्था गर्न माग गर्दछौँ।
२. संविधानमा मौलिक हकको रुपमा व्यवस्था गरिएको प्राथमिक तह सम्म अनिवार्य र नि:शुल्क,माध्यमिक तह सम्मको शिक्षा नि:शुल्कको व्यवस्थालाई अनिवार्य रुपमा लागू गर्न माग गर्दछौँ।
३. सु.प.प्रदेशभरका सबै विद्यालयका विद्यार्थीहरुलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउन र साथै विद्यालयमा देखिएको भाषागत विभेद अन्त्य गर्न माग गर्दछौँ।
४. प्रदेश सरकारको तर्फबाट एउटा निश्चित मापदण्ड तयार गरि प्रदेशका सामुदायिक विद्यालयहरुमा विशेष छात्रवृत्ति लागू गर्न र दिईदै आएको छात्रवृत्ति पारदर्शी बनाउन माग गर्दछौं।
५. निजि विद्यालयहरुले मनपरी शुल्क वृद्धि गर्ने,तोकिएको छात्रवृत्ति प्रदान नगर्ने लगायतका बेथितिहरु कडाइपुर्वक रोक्न माग गर्दछौं।
६. सार्वजनिक यातायातका साधनहरुमा यात्रा गर्दा विद्यार्थीलाई ४५% प्रतिशत सहुलियतको प्रदेशभरका जिल्लामा कडाईपुर्वक कार्यान्वयनको माग गर्दछौं।
७. बढिरहेको महिला हिंसालाई मध्यनजर गर्दै प्रदेशभरका सामुदायिक विद्यालयहरुमा छात्राहरुको आत्मसुरक्षा र सशक्तिकरणका लागी ‘आत्म सुरक्षा तालिम’ (Self Defense Training) सन्चालन गर्न माग गर्दछौं।
८. प्रस्तावित गेटा मेडिकल कलेज लाई मेडिकल विश्वविद्यालय बनाउने गरि पहलकदमी गर्न माग गर्दछौं।

क्रान्तिकारी अभिवादन सहित !

प्रतिक्रिया दिनुस