कञ्चनपुर । गयरातीदेखि कञ्चनपुरमा अबिरल रुपमा परिरहेको बर्षातका कारण चौधर नदीको सहत बृद्धि भएको छ । चुरे भएर बग्ने चौधर नदीको सतह बृद्धिभएसंगै नदी गाँउ पसेको छ ।

चौधर नदीको वाढीका कारण बेदकोट नगरपालिका ४ सार्की टोल उच्च जोखिममा छ । नदी गाँउ पसेपछि दर्जनौँ घरखेत जोखिममा परेका छन । नदीले गाँउबस्तीतिरै कटानी गर्न थालेपछि स्थानीय विस्थापित हुन लागेका छन । बुधबार बिहान ९ बजेसम्ममा स्थानीय कृष्ण भुलको परिवार विस्थापित भएको छ । बेदकोटका स्थानीय अगुवा राजुराम सार्की(भुल)ले कृष्ण भुलको खेतर्संगै घरसम्मै नदीले कटानी गरेपछि उनको परिवार विपद्मा परेको बताए । कृष्णसंगै धनगिरी भुल, गेरे सार्की, धुव्र पार्की, मोहन भुल, हरिस भुल, सहितको खेतीयोग्य भूमि कटानी भईरहेको छ । ‘एकातिर चौधर नदीले कटानी गरेको छ, अर्कातिर गाँउबस्तीसम्मै कटानी हुँदा स्थानीय विस्थापित भएका छन, ‘उनले भने, ‘नदी नियन्त्रणको काम नहुँदा सार्कीपार्की टोलले विपद्ी सहनुपरेको छ ।’ उनका अनुसार मंगलबार रातीदेखि चौधर नदीमा वाढी आएसंगै सार्कीपार्की टोल जोखिममा परेको छ । ‘बर्षा भयो की नदी गाँउ नै पस्छ, ‘उनले भने, ‘यो वाढी कटानीको उच्च जोखिमा रहेको ठाँउ हो, तर पनि तटबन्ध निर्माणका लागि सरकारी निकाय उदाशिन देखिन्छ ।’ नदी गाँउ नै पस्न थालेपछि सशस्त्र प्रहरीको टोली उद्दारमा खटिएको छ । सशस्त्र प्रहरी बल ३५नम्बर शैलेश्वरी गण झलारीबाट सार्कीटोल पुगेको सशस्त्र प्रहरीको टोली कटानीको उच्च जोखिममा रहेका कृष्ण भुलको घरगोठलाई सुरक्षित स्थानतर्फ सारेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर बहादुर ऐरले विपद्को उच्च जोखिममा रहेको बस्तीको उद्दारका लागि सशस्त्र प्रहरी कटानी क्षेत्रमा खटिएको बताए । उनका अनुसार सशस्त्र प्रहरीले कृष्ण भुलको घर सारेको छ । ‘केही समय पछि नदीले कृष्ण भुलको घर बगाएर लग्थ्यो, ‘सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने, ‘समयमै हाम्रो टोलीले सुरक्षित स्थानमा सार्ने काम गरेको छ ।’ बाँकी घर समेत जोखिममा पर्ने सक्ने भन्दै सशस्त्र प्रहरीको टोली त्यही खटिएको छ । स्थानीयले विपद्का बेला केही पनि जनप्रतिनिधी नआएको भन्दै आक्र्रोस पोखेका छन । चुनावका बेला पाउमै शिर झुकाएर भोटका लागि बस्तीमा आउने जनप्रतिनिधी यतिबेला जोखिममा पर्दा नआएको विस्थापितको गुनासो छ । स्थापितले ‘चुनावका बेला शिर टाउँकोमा राखेर भोट माग्न आउने जनप्रतिनिधी विपद्का बेला गायब’ भएको बताएका छन ।

हरेक बर्ष चौधर नदीले सार्कीपार्की टोलमा कटानी गरेपनि सम्बन्धीत निकायबाट तटबन्धका कामकाज गर्न चुक्दै आएको छ । कमिसन खान नपाउने भएपछि उक्त बस्तीमा तटबन्ध निर्माणका लागि सम्बन्धीत कार्यालय, जनप्रतिनिधी, ईन्जिनियर, प्राविधिकले चासो नदेखाउने गरेको समेत स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुस