माक्र्सवादी – लेनिनवादी – माओवादी भनेको सर्वहारावादी विचारधारा हो । यसैगरी सर्वहारावादी विचारधारा भनेको माक्र्सवादी – लेनिनवादी – माओवादी विचारधारा नै हो । सर्वहारावर्ग विश्व मानवसमाजको सबैभन्दा सचेत वर्ग हो । आजको साम्राज्यवाद र क्रान्तिकमा सर्वहारा वर्ग नै विश्व क्रान्तिको मुख्य शक्ति हो ।
कार्ल माक्र्स (सन १८१८ – १८८३) र फ्रेडरिक एंगेल्स (सन १८२० – १८९५) द्वारा माक्र्सवादको प्रतिपादन गरिएको हो । माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान र पथप्रदर्शक सिध्दान्त भएकोले यो सर्वहारा वर्गको मुक्तिको सिध्दान्त हो ।
माक्र्सवाद एक गतिशील सिध्दान्त हो । त्यसैले माक्र्सवादको निरन्तर विकास भइरहेको छ । आज माक्र्सवादले पहिलो चरणमा माक्र्सवादको विकास गरेको छ भने दोस्रो चरणमा लेनिनवमदको विकास गरेको छ र तेस्रो र नयाँ चरणमा माओवादको विकास हुन पुगेको छ ।
माक्र्सवाद – लेनिनवाद – माओवादको विकासको चरणको बारेमा संक्षिप्त रुपमा तल उल्लेख गरिएको छ ।
माक्र्सवादको विकास
आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । यस अबधिमा सर्वहारा वर्गले आÇनो वर्गीय मुक्तिको सिद्धान्तको प्रतिपादन र विकासका कामलाई तीन ऐतिहासिक चरणमा सम्पन्न गरिसकेको छ । ती हुन् – माक्र्सवादी चरण, लेनिनवादी चरण र माओवादी चरण । अतः सर्वहारा वर्गको सिद्धान्तको जन्म र विकासका दृष्टिले यी तीनवटै चरणको विशेष ऐतिहासिक महत्व रहेको छ ।
पुँजीवादको विकासको प्रारम्भिक अवस्थामा माक्र्सवादको जन्म भएको हो । कार्ल माक्र्सले जर्मन शास्त्रीय दर्श, अंग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवादलाई संश्लेषण गर्नु भयो र यसै प्रक्रियामा माक्र्सवादको जन्म भएको थियोे ।
माक्र्सवाद विश्व सर्वहारा क्रान्तिको इतिहासमा एक युगान्तकारी ऐतिहासिक परिघटना हो । यसै प्रक्रिया अन्तर्गत लेनिनवादी तथा माओवादी चरणमा पनि यस े प्रकारको सिद्धान्तका तीनवटै संघटक अंगको विकास गर्ने काम पनि भइरहेको छ । यसको गति निरन्तर अगाडि बढ्नेछ ।
माक्र्सवाद एक गतिशील र विकासशील विज्ञान हो । यो एकै ठाउँमा स्थिर भएर रहन सक्तैन । माक्र्स – एंगेल्सद्वारा माक्र्सवाद र माक्र्सवादी दर्शनको प्रतिपादन भएको आज १७३ वर्ष पुरा भइसकेको छ । माक्र्स – एंगेल्सको समकालीन सन्दर्भ र त्यस यता दर्शनमा पनि निकै विकास हुदै आएको छ । यो अबधि साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको अबधि हो । यस अबधिमा दर्शनको क्षेत्रमा जुन विकास भएको छ, जसमा तीन धारा रहेका छन्, ती हुन् – साम्राज्यवादी युगको पुँजीवादी दर्शन, संशोधनवादी दर्शन र माक्र्सवादी – लेनिनवादी – माओवादी दर्शनमा विकास भइसकेको छ र यसको विकासको गति निरन्तर अगाडि बढिरहेको छ ।
एउटा सार्वभौम सत्य कुरा के हो भने प्रकृति गतिशील छ । सामाजिक जीवन पनि गतिशील छ । सर्वहारावर्गले सामाजिक जीवन र क्रान्तिको गतिशील प्रक्रियामा निरन्तर पैदा भइरहने समस्याहरूको समाधान गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता हुन्छ । यो प्रक्रियामा सिद्धान्त तथा दर्शनको क्षेत्रमा पनि निरन्तर प्रगति र विकासको आवश्यकता अनिवार्य रुपमा पर्दछ । माक्र्सवाद – लेनिनवाद – माओवादको सैध्दान्तिक तथा दार्शनिक विकास यसरी नै हुदै आएको छ ।
रुस, चीन लगायत अन्य देशहरूमा भएका प्रतिक्रान्तिहरू र पेरु, नेपाल जस्ता देशहरूका क्रान्तिले धक्का खानु साम्राज्यवादले भूमण्डलीकृत रुप धारण गर्दै आएको र आज साम्राज्यवाद संरक्षणवादमा खिम्चिन पुग्नु र नेपाल, भारत, फिलिपिन्स, टर्की लगायतका देशहरूले कतै सशस्त्र जनयुद्धको प्रक्रियाबाट र कतै सशस्त्र जनविद्रोह मार्फत् क्रान्तिको तयारी गरिरहेको वर्तमान सन्दर्भमा सामाजिक क्रान्तिका लागि सिद्धान्तको विकास गर्नु अनिवार्य आवश्यकताको रुपमा खडा हुन पुगेको छ ।
यसै परिपेक्षमा सिद्धान्तको विकास गर्नुपर्ने आवश्यकतामाथि विशेष जोड दिदै लेनिनले अगाडि भन्नुभएको छ– “हामी माक्र्सको सिद्धान्तलाई कुनै अन्तिम या अनुल्लंघनीय वस्तु कदापि ठान्दैनौ, यसको विपरीत हामी कुन कुरामा स्पष्ट छौ भने माक्र्सको सिद्धान्तले सामान्यतः त्यो विज्ञानको आधारशीला खडा गरिदिएको हो, जसको समाजवादीहरूले यदि जीवनको साथमा कदम मिलाएर अगाडि बढ्न चाहने हो भने सर्वतोमुखि विकास गर्नुपर्ने हुन्छ ।”(५)
त्यस्तै माओ त्सेतुङले पनि सिद्धान्त वा दर्शनको विकासको प्रश्नमा विशेष जोड दिदै अगाडि लेख्नु हुन्छ– “सर्वहारा वर्गको माक्र्सवादी दर्शनले समकालीन राजनीतिक कामको सेवाको लागि अत्यन्तै बढी चासो राख्नु पर्दछ । चीनका लागि माक्र्स, लेनिन र स्टालिनको अध्ययन अनिवार्य आवश्यक छ । यो प्राथमिक महत्वको विषय हो, तर पनि कुनै देशका कम्युनिस्ट र कुनै पनि देशका सर्वहारावादी दार्शनिक मण्डलीहरूले नयाँ सिद्धान्तको सृष्टि गर्नु पर्दछ ।” (६) ।
यसरी लेनिन र माओको माथि उल्लेखित भनाइहरूबाट यो निष्कर्षमा पुग्न सकिन्छ कि सामाजिक जीवन, मानविकी र प्रकृतिविज्ञानका विविध क्षेत्रमा नयाँ नयाँ रुपमा देखापर्दै आउने समस्या र नयाँ प्रकारका अनुसन्धानहरूसंगै माक्र्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक भौतिकवादको विकास हुन अनिवार्य आवश्यक हुन्छ ।
माक्र्सवाद एक वैज्ञानिक र क्रान्तिकारी सिद्धान्त हो । सिद्धान्तको सृजनशील प्रयोग र मौलिक विकासको प्रश्न नै यसको मुख्य प्रश्न हो । सिद्धान्तको वास्तविक विकास त्यसको सृजनशील प्रयोगमा आधारित हुन्छ । सिद्धान्तको प्रयोग यान्त्रिक रुपमा होइन, हरेक देशको परिस्थिति, विशिष्टता र मौलिकतामा आधारित हुन्छ ।
कुनै पनि देशमा सिद्धान्तको प्रयोग गर्दा यान्त्रिकता र अन्धानुकरण नभई सृजनशीलता र सम्बन्धित देशको विशिष्टतामाथि ध्यान दिनुपर्ने हुन्छ । माक्र्सवाद–लेनिनवाद–माओवादको सार्वभौम सत्य र आ–आÇनै देशहरूको ठोस परिस्थितिका बीच एकरूपता कायम हुनुपर्छ । त्यसलाई जडसूत्रका रुपमा ग्रहण गर्न हुँदैन । त्यसैले सिद्धान्तको सिर्जनात्मक प्रयोग र मौलिक विकासका सन्दर्भमा ठोस परिस्थितिको ठोस विश्लेषण नै प्रमुख विषय बन्दछ । यस विषयमा लेनिनले भन्नु भएको छ– “ठोस परिस्थितिको ठोस विश्लेषण नै माक्र्सवादको आत्मा हो ।
माक्र्सवाद – लेनिनवाद – माओवाद
(क) माक्र्सवाद
माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान र माक्र्सीय विचार तथा शिक्षाको सार हो । माक्र्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हुनुका साथै सर्वहारावर्गको विश्वदृष्टिकोण समेत हो । माक्र्सवाद गतिशील छ । यो स्थिर एकै ठाउँमा बसिरहन सक्तैन । विकसित हुँदै आएको छ । र यसको विकासको गति निरन्तर अगाडि बढिरहनेछ ।
सर्वप्रथम माक्र्सवादलाई लेनिन र त्यस पश्चात् माओ त्सेतुङले विकसित तुल्याउनु भयो । आज विश्व सर्वहारावर्ग र उत्पीडित जनसमुदायको मुक्तिको सिद्धान्तको रुपमा माक्र्सवाद – लेनिनवाद – माओवादको विकास भइसकेको छ ।
(ख) लेनिनवादः
लेनिनको जन्म सन १८७० अप्रिल २२ का दिन रुसको सिम्बिस्क नगरमा भएको थियो र सन १९२४ जनवरी २३ मा गोर्कि हिल्समा मृत्युु भएको थियो । लेनिन लेनिनवादका प्रतिपादक हुनुहुन्छ ।
माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरणमा लेनिनवादको विकास भएको छ । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति, सर्वहारा आन्दोलन तथा ज्ञान – विज्ञानका विविध क्षेत्रमा थप प्रगति हँुदै जानु र त्यस प्रकारको नयाँ परिस्थिति अनुरुप माक्र्सवादलाई नयाँ उँचाइमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकता बीचबाट लेनिनद्वारा लेनिनवादको प्रतिपादन हुन पुग्यो ।
साम्राज्यवाद र त्यसको गर्भबाट जन्मिएको संशोधनवादसंग लड्दै लेनिनले जुझारु भौतिकवादको विकास गर्नुभयो ।भौतिकवादी द्वन्द्ववादको पध्दतिमा विपरीतहरूको एकता र संघर्ष नै यसको केन्द्रीय तत्व भएको भन्दै यसको विकास र व्याख्याको लागि आÇनो प्रसिद्ध दार्शनिक नोटबुकमा १६ वटा तत्वहरूको टिप्पणी गर्नुभयो । लेनिनले द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादलाई संगठनात्मक रुपमा लागु गर्न जनवादी केन्द्रीयताको पध्दति विकास गर्नुभयो । समग्रमा यसलाई नै लेनिनवाद भनिन्छ ।
यसरी लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद बन्न पुग्यो । लेनिनले दर्शनको फाँटमा द्वन्द्ववादलाई विपरितहरूको एकताको सिद्धान्तको रुपमा परिभाषित गरि त्यसमा द्वन्द्ववादको गुदी अभिव्यक्त भएको कुरा बताउनु भएको छ । लेनिनले आदर्शवादका साथै प्रत्यक्षवाद जस्ता मध्यवर्ती धाराका विभिन्न प्रवृत्तिको खण्डन गर्दै दार्शनिक पक्षधरतामा विशेष जोड दिनु भएको छ । साथै लेनिनले ज्ञानमीमांसाका क्षेत्रमा प्रतिबिम्बनको सिद्धान्तलाई विकसित तुल्याउनु भएको छ ।
लेनिनले राजनीतिक अर्थशास्त्रको क्षेत्रमा साम्राज्यवादको विषद विवेचना गर्नु भयो र त्यसलाई पुँजीवादको एकाधिकारी व्यवस्था भएको बताउनु भएको छ साथै लेनिनले वैज्ञानिक समाजवादका क्षेत्रमा समाजवाद तथा सर्वहारा क्रान्तिको युगमा कम्युनिस्ट पार्टीका रणनीति एवं कार्यनीतिको विकास र सर्वहारा अधिनायकत्वको नयाँ स्वरुपको अवधारणा प्रस्तुत गर्नुभएको छ । त्यो कुरा सोभियत रुसमा सन २९१७ अक्टोबर २५ (नोभेम्बर ७) महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद लागु समेत गर्नु भयो । साथै लेनिनले रुसी धर्तीमा माक्र्सवादको सफल प्रयोग गर्नुभयो ।
लेनिनले कम्युनिस्ट पार्टी निर्माण र परिचालनको विधि र पध्दतिको निर्माण गर्नु भयो, जसलाई लेनिनवादी संगठनात्मक सिद्धान्त भनिन्छ ।
साम्राज्यवाद र संशोधनवादको चिरफार गर्दै क्रान्तिका कामहरूलाई अगाडि बढाउनु पर्ने आवश्यकताको परिपूर्ति लेनिनबाट भयो ।
माक्र्सवादी – लेनिनवादी विश्वदृष्टिकोणलाई क्रान्तिको कार्यदिशासंग गाँस्ने, वर्ग– दुश्मन तथा संशोधनवादका विरुद्ध वर्गसंघर्ष र दुईलाइन संघर्षका समस्याहरूको समाधान गर्दै वैज्ञानिक समाजवादको स्थापना तथा निर्माण स्थापान गर्ने काममा लेनिनको भूमिका अद्वितीय रहेको छ, जो विश्व कम्युनिस्ट आन्दोलनमा सर्वहारा वर्गका लागि शिक्षाप्रद छ ।
(ग) माओवाद:
कमरेड माओ त्सेतुङको जन्म सन १८९३ डिसेम्बर २६ का दिन चीनको हुनान प्रान्तको श्याङश्यान काउन्टीको शाओशान गाउँमा एक किसान परिवारमा भएको थियो । सन १९७६ सेप्टेम्बर ९ दिन माओ त्सेतुङको मृत्यु भएको थियोे । माओ त्सेतुङ माओवादका प्रवर्तक हुनुहुन्छ ।
माक्र्सवाद – लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । सामन्तवादी तथा साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरूका क्रान्तिका समस्याहरूको समाधान गर्नुपर्ने,सन १९५३ मा स्टालिनको मृत्यु पश्चात् रुसमा पैदा भएको प्रतिक्रान्ति तथा रुस एवं पूर्वी युरोपका कैयौं देशहरूमा पुँजीवादको पुनःस्थापनाका सैध्दान्तिक, दार्शनिक, साँगठनिक एवं साँस्कृतिक कारणहरूको खोज गरी त्यसबाट अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरूको समाधान गर्नुपर्ने र ख्रुश्चोवी आधुनिक संशोधनवादका विरुद्धको अन्तर्राष्ट्रिय स्तरमै वैचारिक लडाइँ लड्नु पर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओ त्सेतुङद्वारा माक्र्सवाद – लेनिनवादको थप परिमार्जन गरि त्यसलाई माक्र्सवाद – लेनिनवाद – माओवादको तेस्रो, नयाँ र गुणात्मक उँचाइमा पु¥याउने काम भयो ।
माओवाद भनेको माक्र्सवाद – लेनिनवादमाथि थप विकास हो । जस्तो कि माओ त्सेतुङले दर्शनको क्षेत्रमा द्वन्द्ववादलाई अन्तर्विरोधको सिद्धान्तको रुपमा विकसित तुल्याउनु भयो र विपरीतहरूको एकत्वको नियमलाई द्वन्द्ववादको आधारभूत नियम बताउँनु भयो ।
माओ त्सेतुङले माक्र्सवाद – लेनिनवादी दर्शनलाई गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको विकास गर्नु भएको छ । प्रथमतः उहाँले ज्ञानको श्रोत र प्राप्तिको प्रक्रियामा विकास गर्नु भएको छ । उहाँले द्वन्द्ववादी नियमलाई परिष्कृत गर्दै अन्तर्विरोध एवं विपरीतहरूको एकता – संघर्ष – रुपान्तरणमा विकास गर्नुभयो ।
दर्शनको फाँटमा माओले “ दुई एकमा मिल्छन् “ भन्ने वर्गसमन्वयवादका विरुद्ध एक दुईमा विभाजन हुन्छ भन्ने सिद्धान्त स्थापित गर्नुभयो । पदार्थ चेतना र चेतना पदार्थमा रुपान्तरणको नियम पनि माओले स्थापित गर्नुभयो । चेतनालाई पदार्थमा बदल्न माओले चीनमा महान् नयाँ जनवादी सम्पन्न गरि वैज्ञानिक समाजवादमा पु¥याउनु भयो । अन्ततः प्रतिक्रान्तिलाई रोक्ने सिद्धान्तका रुपमा महान् चिनिया सर्वहारा साँस्कृतिक क्रान्ति अर्थात् सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति (वर्गसंघर्ष) को विकास गर्नुभयो ।
ज्ञान – सिद्धान्तको क्षेत्रमा कमरेड माओ त्सेतुङले व्यवहारलाई आधार बनाई वर्गसंघर्ष, उत्पादनको निम्ति संघर्ष र वैज्ञानिक प्रयोगलाई ज्ञानको श्रोतको रुपमा विकसित गर्नु भयो र ज्ञानको कसौटीको रुपमा व्यवहारलाई स्थापित गर्नु भयो । साथै कमरेड माओले पदार्थको चेतनामा र चेतनाको पदार्थमा रुपान्तरण सम्बन्धि ज्ञान – सिद्धान्तको दुई छलाङको सिद्धान्त प्रतिपादन गर्नु भई सिद्धान्त व्यवहारको एकता लगायतका विषयहरूमा जोड दिदै भौतिकवादलाई थप विकसित तुल्याउने कार्य सम्पन्न गर्नु भयो ।
राजनीतिक अर्थशास्त्रको क्षेत्रमा कमरेड माओ त्सेतुङले नोकरशाही पुँजीवादको मान्यता प्रतिपादन र समाजवादी अर्थतन्त्रका विविध पक्षबारे थप विकास गर्नु भयो ।
वैज्ञानिक समाजवादको क्षेत्रमा कमरेड माओ त्सेतुङले नयाँ जनवाद, दीर्घकालीन जनयुद्ध, सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरता, महान् सर्वहारा साँस्कृतिक क्रान्ति जस्ता सिद्धान्त प्रतिपादन गर्नु भयो ।
स्वंम एउटा विज्ञान भएकोले माक्र्सवादको निरन्तर विकास हुनु स्वाभाविक प्रक्रिया हो । आज माओवाद विज्ञान संघर्ष कै क्रममा विकासको तेस्रो, नयाँ र उच्च चरणमा पुगेको छ । यो तेस्रो, नयाँ र उच्च चरण कमरेड माओ त्सेतुङद्वारा विकास गरिएको माओवादको चरण हो । यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अभेद्य ईकाइका रुपमा माक्र्सवाद – लेनिनवाद – माओवाद रहेको छ । माओवादलाई आजको विश्वको माक्र्सवाद – लेनिनवमदको रुपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्तैन ।
माक्र्सवाद – लेनिनवाद – माओवादका विकासका चरणका बारेमा माथि उल्लेख गरियो । अब हामी यस क्रान्तिकारी विचारधाराको बारेमा अझै गहिराइमा गएर अध्ययन गर्न जरुरी हुन्छ । माक्र्सवादी – लेनिनवादी – माओवादी विचारधारा वर्तमान साम्राज्यवाद र सर्वहारा वर्गबीचको भीषण वर्गसंघर्षको युगको सबैभन्दा वैज्ञानिक तथा क्रान्तिकारी विचारधारा हो । यो क्रान्तिकारी सिध्दान्त सर्वहारावादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको संश्लेषणमा आधारित छ । माक्र्सवाद – लेनिनवाद – माओवाद यस्तो विचारधारा हो जसले सर्वहारा वर्ग र आम उत्पीडित जनसमुदायका हकहित तथा मुक्तिको प्रतिनिधित्व गर्दछ।
माक्र्सवादी – लेनिनवादी – माओवादी विचारधारा विश्व सर्वहारा वर्गको राजनीतिक प्रतिनिधित्वको रुपमा संगठित कम्युनिस्ट पार्टीको पथप्रदर्शक सिध्दान्त हो । क्रान्तिकारी कम्युनिस्टहरूले माक्र्सवाद – लेनिनवाद – माओवादको पथप्रखर्शनमा सामाजिक सामाजिक क्रान्तिका कामहरु सम्पन्न गर्दै अगाडि बढ्ने बारेमा गंभीर, सचेत एवम् क्रियाशील बन्न जरुरी छ । सर्वहारावर्गको राजनीतिक प्रतिनिधित्व गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीले माक्र्सवाद – लेनिनवमद – माओवादको सैध्दान्तिक पथप्रदर्शनमा नै क्रान्तिलाई सही दिशामा अगाडि बढाउन सक्तछ । त्यसैले उसले माक्र्सवाद – लेनिनवाद – माओवादको आलोकमा आफ्ना सबै कामलाई योजनाबध्द ढंगले अगाडि बढाउनु पर्छ ।
माक्र्सवाद – लेनिनवादको पथप्रदर्शनमा महान् क्रान्तिमा लागेका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले संधै क्रान्तिकारी भइरनका लागि पहिलो नम्बरमा आफूलाई संधै पार्टी भित्र प्रवेश गर्ने अवसरवादी र संशोधनवादीहरुको हमला र आक्रमणबाट जोगाउनु पर्दछ । उसले पार्टी भित्र सुदृढीकरण र सुध्दिकरण अभियान सञ्चालन गरिरहनुपर्छ ।
यसको निम्ति पार्टी भित्रका आफ्ना अब्बल दर्जाका नेता – कार्यकर्ताहरुलाई नियमित, वयवस्थित र योजनाबध्द ढंगले पार्टी स्कुलिङ सञ्चालन गरेर प्रशिक्षित तुल्याई राख्नुपर्छ । विनाविचारका, विनास्कुलिङका ठूलो संख्या भएर पार्टी क्रान्तिकारी हुन सक्तैन । त्यसो भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी भित्र हुने लाल र निपुण गुणले युक्त नेता तथा कार्यकर्ताहरु तयार पार्ने संघर्षमयी कार्यलाई कडाइका साथ लागु गर्दै अगाडि बढ्नु पर्दछ ।
स्कुलिङविनाका, विचारविनाका कार्यकर्ताहरु भएको पार्टीले क्रान्ति गर्छ भन्ने भनाई गैर मालेमावादी दृष्टिकोण हो यसबाट क्रान्तिकारी कम्युनिस्टलाई जोगाउनु पर्दछ । त्यसको निम्ति स्कुलिङ गर्नु नै क्रान्तिकारी कम्युनिस्ट पार्टीको मुख्य काम बन्न पुग्दछ ।
यसको ठिक विपरीत पाटो के हो भने चरम अवसरवादी तथा संशोधनवादीहरुले माक्र्सवाद – लेनिनवाद – माओवादको बर्को ओढेर क्रान्तिकारी कम्युनिस्ट पार्टी भित्र घुसेर मालेमावाद र मालेमावादका आधारभूत विशेषताहरुलाई निषेध गर्ने कार्य गर्दै आएका छन् । उनीहरूले पनि क्रान्तिका कुरा गरिरहेका हुन्छन् । मालेमावादका बारेमा आफूलाई पुरै हिमायती दर्साउने तर पार्टीलाई भित्र भितैबाट पुरै पारिरका हुन्छन् । क्रान्ति प्रति, देश र जनताप्रि पुरै गध्दारी गरिरहेका हुन्छन् ।
यस्तो पार्टी विरोधी, मालेमावाद विरोधी मात्रै होइन संशोधनवादीहरुले क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई, त्यस पार्टीले अंगिकार गरेका मालेमावादी क्रान्तिकारी विचारहरुलाई समेत ध्वस्त पारेर पार्टीलाई विसर्जन गराउने रपुरै पार्टीलाई प्रतिक्रियावादीसित मिलाउने र प्रतिक्रियावादी सत्ता सञ्चालन गर्न सम्म नचुकेका उदाहरणहरु संसारमै छन् ।
नेपालमा महान् दश वर्षे जनयुद्धको नेतृत्व गरेर आएको मुख्य नेतृत्व नै घोर अवसरवादी तथा नवसंशोधनवादीहरु प्रतिक्रियावादी सरकारमा गएर आज उनीहरूले नेपाली जनतामाथि फासीवादी सरकार चलाउदै आएका छन् । र,आज उनीहरूले संसद भित्रबाट समाजवाद ल्याउने मिलेराँवादी दृष्टिकोण प्रदर्शन गरिरहेका छन् । र, महान् दश वर्षे जनयुद्धका उपलब्धिहरुलाई साम्राज्यवादी, विस्तारवादीहरु र घरेलु प्रतिक्रियावादीहरुलाई बुझाइसकेका छन् ।
यति गरेर पनि उनीहरूले आफूलाई माओवादी नै बताइरहेका छन् । विभाजित माओवादी आन्दोलनलाई एकीकृत गर्ने ठेक्का मेरै न हो भनिरहेका छन् माओवादी आन्दोलन र त्यसका उपलब्धिहरुलाई देशीविदेशी प्रतिक्रियावादीहरुलाई बुझाउने नेपाली क्रान्तिका गध्दार घोषित भैसकेकाहरुले ।
यसप्रकारका प्रवृत्ति र चिन्तनहरुलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी र ती पार्टीका नेता – कार्यकर्ताहरु सचेत रहनुपर्छ । किनभने क्रान्तिकारी कम्युनिस्ट पार्टीको ऐतिहासिक कार्यभार भनेको उसले क्रान्ति सम्पन्न गर्नु हो ।
क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी पार्टी आवश्यक पर्ने कुरा सार्वभौम हो । त्यसैले त कमरेड माओ लेख्नु हुन्छ, “ क्रान्ति हुनुछ भने क्रान्तिकारी पार्टी हुनैपर्छ । क्रान्तिकारी पार्टीविना, माक्र्सवादी – लेनिनवादी क्रान्तिकारी सिध्दान्त र क्रान्तिकारी पध्दति अनुसार बनेको पार्टी विना, साम्राज्यवाद तथा यसका दलालहरुलाई पराजित गर्न मजदुर वर्ग र विशाल जनसमुदायलाई नेतृत्व गर्नु असंभव छ ।“ – माओ त्सेतुङ, संसारका क्रान्तिकारी शक्तिहरु एकगठ होऊ, साम्राज्यवादी आक्रमणका विरुद्ध जुध (नोभेम्बर १९४८) यसका अतिरिक्त पार्टीलाई क्रान्तिकारी बनाइराख्नका लागि उसले क्रान्तिकारी सिध्दान्तलाई आत्मसात गरिरहेको हुनुपर्छ । त्यसो भएर नै लेनिनले “ क्रान्तिका लागि क्रान्तिकारी सिध्दान्त आवश्यक पर्छ “ भन्नुभएको छ । सबै क्रान्तिकारीले गर्ने सही कार्य यही नै हो ।
अन्त्यमा माक्र्सवादी – लेनिनवादी – लेनिनवादी क्रान्तिकारी विचारलाई आत्मसात नगरेको कुनै पनि व्यक्ति आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा क्रान्तिकारी बन्नै सक्तैन । केसी वरिष्ठ माक्र्सवादी लेखक हुन्