कञ्चनपुर, साउन ,२० । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वडा न ७ र ८ मा जङ्गली हात्तीको बथान पुगेको छ ।हिजो राति देखि जङ्गली हात्तीको बथान शुक्लाफाँटा नगरपालिकाको वडा न ७ र ८ मा प्रबेश गरेका वार्ड ८ का अध्यक्ष बहादुर महराले जानकारी दिनुभयो ।

बिहिवार पुगेको जङ्गलि हात्तीको बथानले शुक्लाफाँटा नगरपालिकाको वडा न ७ र ८ का किसानको केराबारीमा नोक्सान गरेको अध्यक्ष महराले बताए । जङ्गलि हात्तीको बथान शुक्लाफाँटा नगरपालिकामा प्रवेस गरेपछि किसान चिन्तित बनेका छन ।

जङ्गलि हात्तीको बथानले शुक्लाफाँटा नगरपालिकामा प्रतेक बर्ष आतंक मच्चाउदै आएको छ । शुक्लाफाँटा नगरपालिकामा बिगत दुई बर्ष यता जङ्गलि हात्तीको आक्रमणबाट तिन जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुस