नेकपा(बहुमत) निकट अखिल (क्रान्तिकारी) ले सुदूरपश्चिम प्रदेशमा “विद्यार्थी संगै संगै” भन्ने मुल नारा का साथ “प्रज्वल संगठन सुदृढिकरण अभियान” संचालन गरेको छ।

शुक्रवार डोटी बहुमुखी क्याम्पस डोटी सिलगढीमा अभियान उद्घघाटन गरिएको हो । अखिल क्रान्तिकारीले डोटी बहुमुखी क्याम्पस माअभियान सञ्चालन संगै  २१ सदस्यीय एकाइ कमिटी गठन गरेको अखिल(क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा डोटी जिल्ला इन्चार्ज कमरेड दिपक भन्डारीले जानकारी दिनुभयो ।

सरकारी तथा निजि विद्यालय मा लगाइएको चर्को शुल्क,खेतला शिक्षक ,शिक्षकहरुको लापरबाही र मनोमानी,विद्यालयको भौतिक संरचना निर्माणमा हुने भ्रष्टाचार लगायतका बेथितिहरुको विरुद्धमा संघर्ष गर्दै  दलाल पुजीवादी शिक्षा को भन्डाफोर गर्दै बैज्ञानिक समाजवादी शिक्षा प्राप्ति अभियान शुरू गरेको बताए   ।

अभियान सुदूरपश्चिम प्रदेशमा भएका जातीय विभेद,महिला हिंसा,लागुपदार्थ दुर्ब्यसनी,सामाजिक बिकृती बिसंगती,जातिय विभेद का विरुद्धमा संघर्ष गरिने भण्डारीले बताए ।

त्यस्तै शैक्षिक अधिकारका लागि सम्पूर्ण बामपंथी,प्रगतिशील,देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरु लाई “विद्यार्थी संगै संगै” अभियानमा गोलबन्द गर्दै अभियान लाई फराकिलो बनाउदै राष्ट्रियता,जनतन्त्र र जनजिबिका को पक्षमा दृढतापुर्बक उभ्याउन उत्प्रेरित  गर्ने उदेश्य  रहेको अखिल(क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा डोटी जिल्ला इन्चार्ज कमरेड दिपक भन्डारीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुस