कञ्चनपुर, २१,साउन, चार बर्ष अघि निर्मला हत्याकाण्डमा प्रहरीद्वारा सार्वजनिक गरिएका दिलिप सिह विष्टले रेडक्रस–उल्टाखाम खण्डकखण्डमा आवत जावत गर्ने बालिका, किशोरी र महिलालाई जिस्याउन थालेको भन्दै पीडित पक्ष प्रहरीमा पुगेका छन ।

एक साता अघि भीमदत्त नगरपालिका २ उल्टाखामकी एक बालिकालाई निर्मला मृत परेको स्थान खण्डकखण्डमा दुव्र्यवहार गर्न खोजेको भन्दै पीडित परिवार प्रहरीमा पुगेका हुन । शुक्रबार ति बालिकाका अभिभावकले घटनाबारे जानकारी गराएका छन । बालिकाका परिवारले दिलिप विष्टले उक्त सडकखण्डमा जिस्याउनेदेखि दुव्र्यवहार गर्न खोजेको भन्दै कार्बाहीको मागअघि सारेका छन ।

विगतमा पनि प्रहरीले भीमदत्त नगरपालिका १९ बागफाँटाका दिलिप विष्टलाई निर्मला हत्याकाण्डको आरोपमा ०७५ भदौँ ४ गते सार्वजनिक गरेको घटनालाई स्मरण गर्दै कतै आफ्ना छोरीबेटी समेत निर्मला जस्तै किशार हुने त्रसले प्रहरीमा गएका हुन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिलिप विष्टले निर्मला हत्याकाण्ड भएको स्थान रहेको खडकखण्डमा जिस्काउने गरेको मौखिक उजुरी आएको जनाएको छ । कञ्चनपुरका प्रहरी पवक्ता चक्र ब. शाहले दिलिप विष्टले दुव्र्यवहार गर्न खोजेको भन्दै एक बालिकाको परिवारले प्रहरीमा सुचना दिएर गएको बताए ।

दिलिपको यस्तो व्यवहारमा प्रहरी गम्भिर भएको छ । उतिबेला राजनीतिक प्रतिशोधमा बालिका, युवती र महिलातर्फ ध्यान नदिने भन्दै दिलिपको पक्षमा गुणगान गराउने केही व्यक्तिलाई चुनौती दिदै दिलिपले उक्त सडकखडमा जिस्याउने घटनाबारे प्रहरीलाई गुहार्न थालेका छन । कञ्चनपुरका अधिकारकर्मीले उक्त सडकखण्डमा बालिका,किशोर एव महिलालाई आवत जावत गर्न असुरक्षित भएको भन्दै प्रहरी विटको माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुस