छाडा पशुचौपायको उपयुक्त बास स्थान वेदकोट नगरपालिकाको सिसैया पुल बनेको छ । छाडा गाइ गोरू बर्षा शुरू भए संगै हरेक बर्ष सिसैया पुलमा राति बास बस्ने गरेका छन ।

छाडा पशु व्यवस्थापनमा कञ्चनपुका सबै  नगरपालि र गाउँपालिको लाखौ बजेट खर्च भए पनि छाडा गाइ बस्तु व्यवस्थापनको नतिजा शुन्य भएको छ ।

दैनिक रूपया मुख्य पुर्वपश्चिम राजमार्गमा जनप्रतिनिधि लगायत नेता कर्मचारी सर्बसाधारण आवत जावत गर्छन र छाडा पशु व्यबस्थापनमा उपयुक्त दृर्घकालिन सोच कसैमा  आएको छैन ।

२०७४  सालको स्थानिय निर्वाचन जिते पछि जनप्रतिनिधिले छाडापशु व्यवस्थापनको लागि नगरपालिकाहरूले बजेट छुट्याएर पनि छाडा पशु व्यवस्थापनमा शुन्य नतिजा भएको छ ।

नयाँ जनप्रतिनिधि आएको ३ महिना बिति सक्दा समेत खासै छाडा गाइगोरूको व्यवस्थापनको दृर्घकालिन कुनै योजना बनाउन सकेका छैनन् । दृर्घकालिन छाडा पशु व्यवस्थापनको योजना बनाउन नसके सडक दुर्घटना बिकाल हुनुका सथै किसानको खेतवारीको अन्त समेत नोक्सान हुने निश्चित रहेको छन ।

छाडा पशु चौपाय व्यवस्थापनको लागि स्थानिय सरकार प्रदेश सरकार र केन्द्र सरकारले समयै दृर्घकालिन व्यवस्थापनको योजना बनाउनु जरूरी रहेको छ । ‌

 

 

प्रतिक्रिया दिनुस