नेकपा(बहुमत) निकट रहेको अखिल क्रान्तिकारी कैलाली जिल्लाले प्रज्वल संगठन सुदृढीकरण अभियानको उद्घाटन गरेको छ । नेकपा बहुम धर्मेन्द्र बास्तोला ‘कञ्चन’ अध्यक्ष रहेको नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कैलालीले प्रज्वल संगठन सुदृढीकरण अभियानको शुरू गरिएको छ ।

आईतबार कैलालीको धनगढी स्थित कैलाली बहुमुखी क्याम्पस ‌‌‌‌‌‌‌‌‌‌‌धनगडीबाट अभियान उद्घाटन  गरेर संगठन विस्तार गरिएको छ ।

अभियानको उद्घाटन गरेर कैलाली बहुमुखी क्याम्पसमा आकाश बि क को अध्यक्षतामा ४९ सदस्यीय क्याम्पस एकाइ कमिटी पनि गठन गरिएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै संगठनका फेक्सन ईन्चार्ज क. रमेश साउदले विप्लवहरुले महान सहिदहरुको सपनालाई छोडेर संसदिय संसोधनबादमा विलय भएको बताउनुभयो । उहाँले भन्नुभयो “व्यक्तिगत इच्छा आकङ्क्षालाई तिलान्जली दिदै वर्गिय मुक्तिको लागि आन्दोलनमा होमिएर सिङ्गो जिबनको बलिदानि दिने सहिद र सहिदका सपनाहरुको वेवास्ता गरेर विप्लवहरुले अझै पनी क्रान्तिका मिठा सपना बाँडे कसैले विश्वास नगर्ने  बताए ।

यस्तै कार्यक्रममा संगठनका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला संयोजक सुनिल,जिल्ला सह संयोजक प्रकाश, विद्यार्थी नेता दिनेश जोशी,गौरी वोहोरा लगायत जिल्लाका अन्य अग्रज व्यक्तित्वहरुको आथित्यता रहेको थियो ।

सोही अवसरमा “नेपालको शैक्षिक समस्या र सामाधानका बिषयमा व्यापक छलफल सम्पन्न भएको छ । कैलाली जिल्लाभर सञ्चालन हुने उक्त अभियान मार्फत बिधमान शैक्षिक समस्याको खबरदारी र छलफल संगठन विस्तार तथा पुनर्गठन , विद्यार्थीको क्षमता अभिवृद्धिको लागि अतिरिक्त क्रियाकलापको आयोजना लगायतका कार्यक्रमहरु सञ्चालन गरिने संगठनका जिल्ला संयोजक सुनिल भूलले जानकारी दिनुभयो ।
नेकपा(बहुमत) को भातृ संगठन अखिल (क्रान्तिकारी) कैलालीले कैलालीको बहुमुखी क्याम्पस बाट “विद्यार्थी सँगै सँगै” भन्ने मूल नारासहित प्रज्वल संगठन सुदृढीकरण अभियान उद्दघाटन सँगै संगठन विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुस