काठमाण्डौँ । पुर्व खानेपानीमन्त्री बिना मगरको नेतृत्वमा कञ्चनपुर क्षेत्र नम्बर १ का स्थानीय सरकार सहित सर्वदलिय संयन्त्रले संघीय सरकारलाई डेलिगेशन दिईरहेका छन ।

भारतसंग सीमा रहेको क्षेत्र नम्बर १को दिगो विकास र सम्बृद्धिका लागि पुर्वमन्त्री मगरको नेतृत्वजमा स्थानीय सरकार सहित सर्वदलिय संयन्त्रले संघीय सरकारलाई डेलिगेशन दिईरहेका हुन ।

सोमबार पुर्वमन्त्री तथा निर्वाचन क्षेत्र नम्बर १की संसद बिना मगरको नेतृत्वमा तीन मन्त्रालयमा ज्ञापन पत्र बुझाएको नेकपा माओवादी केन्द्रका नेता दिपक तिमिल्सेनाले बताउनुभयो । माओवादी कञ्चनपुरका युवा नेता तिमिल्सेनाले पहिलो दिन उर्जा, वन र शहरी विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाईएको छ ।

नेकपा माओवादी केन्द्रकी पोलिट्ब्यूरो सदस्य समेत रहेकी संसद मगरको अगुवाईमा क्षेत्रका स्थानीय, राष्ट्रिय समस्या बारे समाधान गर्नका लागि ज्ञापन पत्रका माध्यमबाट संघीय सरकारको ध्यान क्षेत्र नम्बर १मा केन्द्रीत गरेको छ । उर्जामन्त्री पम्फा भुसाल, शहरीविकास मन्त्री मेट ब. चौधरी, वनमन्त्री प्रदिप यादव लगायतका मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरी, लालझाडी गाँउपालिका प्रमुख निर्मल राना सहितका जनप्रतिनिधीले मन्त्रीत्रय भुसाल, यादव र चौधरीलाई ज्ञापन पत्र बुझाउँदै कञ्चनपुर क्षेत्र नम्बर १को दिगो विकास रसम्बृद्धिका लागि थप बजेटदिनुपर्ने माग अघि सारेका छन ।

आरक्षपिडितहरुको समस्या समाधान र बेलौरी कलुवापुर सडकमा निकुञ्जको अवरोध हटाउनका लागि पुर्व खानेपानी मन्त्रीसहितको टोली संघिय राजधानीमा पहल गर्न आएका हुन् ।

क्षेत्र नम्बर १का मुख्य समस्या कटानी, नदि नियन्त्रण, हुलाकी सडक निर्माण, भारतीय सीमा अतिक्रमण रोक्नुपर्ने, शिक्षा, स्वाथ्य, खानेपानी, ढल, बजार व्यवस्थापन, उखु किसानलाई अनुदानदेखि थुप्रै योजना संचालनका लागि ध्यानाकर्षण गराएका छन । ज्ञापन पत्र बुझ्दै मन्त्रीत्रय भुसाल, यादव र चौधरीले सीमासंग जोडिएको कञ्चनपुर क्षेत्र १को विकासका लागि आवश्यक समन्वय गरेर बजेट तथा कार्यक्रम दिने आश्वासन दिएका छन । मंगलबार पनि विभिन्न मन्त्रालयमा ज्ञापन पत्र बुझाएसंगै मंगलबार समेत बुझाईने छ । संसद एव पुर्वमन्त्री बिना मगरको अगुवाईमा बेलौरीका मेयर पोतिलाल चौधरी, लालझाडीका प्रमुख निर्मल राना, नेकपा एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्ट, नेपाली काँग्रेस क्षेत्र १का सभापति गोपी प्रंशाद उपाध्याय, काँग्रेस नेता हरिचन्द्र राना, बेलौरीका उपप्रमुख जोगराज चौधरी, लगायतका जनप्रतिनिधी तथा वडाध्यक्ष राजनीतिक दलका काँग्रेस, एमाले, माओवादी, समाजवादी सहितका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । जनप्रतिनिधी तथा राजनीतिक दलका नेता कार्यकर्ताहरुले पुर्वमन्त्री एव क्षेत्रकी संसद बिना मगरको अगुवाई तथा पहलमा विभिन्न मन्त्रालयमा डेलिगेशन कार्यक्रम सहज भएको बताएका छन ।

प्रतिक्रिया दिनुस