कञ्चनपुर । समाज विध्वङस पार्ने लागु औषध नियन्त्रणमा ईलाका प्रहरी कार्यालय बेलौरी सकृय देखिएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको ईलाका प्रहरी कार्यालय बेलौरी लागु औषध नियन्त्रणमा सकृय देखिएको हो ।

भारतीय सीमासंगै जोडिएको बेलौरी लागु औषधको ट्रान्जिट प्वाईन्ट बनिरहेका बेला गत बैशाख पहिलो साता ईप्रका बेलौरीको इन्चार्जको जिम्मेबारी सम्हालेका प्रहरी निरीक्षक दान सिह भण्डारीले लागु औषधका तस्कर करोबारीमाथि डण्डा बजाउने काम गरेका छन ।

ईप्रका बेलौरीका इन्चार्ज भण्डारीले बेलौरीलाई लागु औषधमुक्त नगरपालिका बनाउनका लागि आफ्नो पुरै जनशक्ति लागु औषध नियन्त्रणमा खटाएका छन । इन्चार्ज भण्डारीले लागु औषधका तस्कर, सेवनकर्ता, व्यवसायी जहाँ भेट्यो त्यही समात्दै कार्बाही चलाईरहेका छन ।

अहिले लागु औषधका तस्कर, सेवनकर्ता र भरिया बेलौरी प्रहरी पल्लो गाँउमा आएको थाहा पाए त्यहीबाट त्रासले भाग्दै आएका छन । झण्डै साढे तीन महिनाको अवधिमा ईप्रका बेलौरीले ४१ जना लागु औषधका तस्कर, सेवनकर्ता, कारोबारी, सेवनकर्ता, भरियालाई नियन्त्रणमा लिएर कार्बाही चलाएको छ ।

१ जना भारतीय कारोबारी सहित ४० जना नेपाली रहेका छन । अधिकाँस किशोर लागु औषधको कारोबारमा संलग्न रहेको बेलौरी प्रहरीले जनाएको छ । बेलौरी प्रहरीले उनीहरुलाई लागु औषध ओसारपोसार बिरुद्धमा मुद्दा चलाएको छ ।

लागु औषधको कारोबारमा संलग्न भारतीय नागरिक सहित नेपाली नागरिकको साथबाट बेलौरी प्रहरीले १ सय ७९।६८ ग्राम खैरो हिरोईन, ३ सय ४१ नाईट्रोभेट, स्पास्मो, क्याप्शुल चरेश सहितको लागु औषध बरामद गरेको छ ।

उतैपनि बेलौरी सीमा क्षेत्र, समाजिक अवपराध, राजस्व छलिका तस्करी सहित विवित अपराधिक गतिबिधी नियन्त्रणका बाबजुत प्रहरीले लागु औषधका तस्कर नियन्त्रणमा सकृयता देखाएको छ ।

ईप्रका बेलौरीले छोटो अवधिमा लागु औषधका तस्करमाथि कार्बाही अभियान चलाएसंगै स्थानीय नागरिक समेत बेलौरी प्रहरीप्रति सन्तुष्ट छन । बेलौरी प्रहरीले किशोर, युवापुस्ता स्वाहाँ पार्ने लागु औषध नियन्त्रणमा सकृयता देखाएको भन्दै स्थानीय हर्षित भएका छन ।

स्थानीय पदम राज जोशीले बेलौरी प्रहरीको अभियान समाजका लागि सरानिय काम भएको बताए । उनले अभियान बेलौरी प्रहरीले निरतर चलाउनुपर्ने बताए ।

‘लागु औषधका कारण भोलीको भविष्य बिग्रीन होईन स्वाहा नै हुन थालेको छ, ‘उनले भने, ‘यसलाई समयमै रोक्न नसके देशकै भविष्यमाथि खतरा छ ।’ बेलौरीका स्थानीय अगुवा अमर विष्टले बेलौरी बेलौरीले लागु औषध नियन्त्रणको अभियान एकदमै राम्रो काम गरेको बताए ।

उनले प्रहरीसंगसंगै स्थानीय तह, समाजिक अगुवा शिक्षक सबैले समेत आ–आफ्नो ठाँउबाट पहल गर्नुपर्ने बताए । ‘प्रहरीले संलग्नमाथि कार्बाही चलाउँछ, ‘उनले भने, ‘समाजका अन्य निकायले लागु औषधमा संलग्न हुनेलाई काउन्सिलिङ्ग गरेर त्यतातिरबाट ध्यान अन्त मोड्छ ।’

ईलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक दानसिह भण्डारीले लागु औषध नियन्त्रण गर्ने जिम्मेबारी अनुरुप प्रहरी खटिएको बताए । उनले लागु औषका कारोबारीमाथि बेलौरी प्रहरीले कार्बाही गरेको बताए ।

उनका अनुसार लागु औषध सहित रंगेहात पक्राउ परेकामाथि कानुनी कार्बाही गरिएको छ । ‘केही मुद्दा अनुसन्धान सकेर सरकारी वकिल कार्यालय हुँदै अदालत पुगेका छन, ‘उनले भने, ‘केही अनुसन्धानमै क्रममा छन, छिट्टै वकिल कार्यालय हुँदै अदालत पेश गछौँ ।’

लागु औषधका कारण किशोर र युवा पुस्ता बिग्रीएको बताउँदै उनले त्यसलाई नियन्त्रणका लागि प्रहरी सहित अन्य निकाय समाजबाट समेत सहयोग, समन्वय आवश्यक रहेको इन्चार्ज भण्डारीले बताए । ‘हामीले समाजमा हुने दण्डहिनता निरन्तर रोक्दै जान्छौँ, ‘उनले भने, ‘हामी निरन्तर लागु औषध कारोबार नियन्त्रणमा खट्छौँ ।’

प्रतिक्रिया दिनुस