कञ्चनपुर । कञ्चनपुरको चर्चित महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण) स्कुलमा यसै बर्षदेखि सिभिल ईन्जिनियरिङ्गको पढाई हुने भएको छ । चालु शैक्षिक सत्र ०७९ देखि नै महेन्द्रनगर मावि साधारणमा प्रि डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ्गको पढाई हुने भएको हो ।

महेन्द्रनगर माध्यामिक विद्यालय (साधारण स्कुल) विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषदले प्रि डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ्गको कक्षा संचालनका लागि अनुमती दिएको बताए ।

‘सिटिभिटीले प्रि डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ्गका कक्षा संचालनका लागि ०७९ साउन २६ मा अनुमती दिईसकेको छ, ‘अध्यक्ष विष्टले भने, ‘अब कक्षा संचालन पनि यसै बर्षदेखि हुन्छन ।’ विद्यालयका प्रअ ललित सिह साउदले प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषदबाट विद्यालयलाई प्रि डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ्गको कक्षा संचालनका लागि अनुमती दिएसंगै पठन पाठनका आवश्यक काम अघि बढाईने बताए ।

प्राविधिक धार तर्फ यस अघि विद्यालयले आईएस्सी एजी, डिप्लोमा ईन्जिनियरका कक्षा संचालन गर्दै आएको छ । विद्यालयका सहायक प्रअ सरस्वती भाट (धामी)ले पछिल्ला बर्षहरुमा विद्यालयले समय सापेक्ष प्राविधिक शिक्षाका कार्यक्रम अघि बढाएको बताए । कञ्चनपुर मात्र नभई सुदूरपश्चिम प्रदेशमै बढि विद्यार्थीदेखि प्राविधिक शिक्षा अध्यापन गराउँदै आएको विद्यालय विद्यार्थीको रोजाईको केन्द्र बनेको छ ।

प्रतिक्रिया दिनुस