“ऊ महान सहिद थियो !”


ऊ सुन्दर सपनाहरु बोकि हिड्यो
सुतेका हरु लाई उठाएर,
बन्दुक बोकाइ लड्यो !
ऊ भोक तिर्खा नभनी हिड्यो
पीडित बर्ग लाई लिदै,
न्याय का निम्ति लड्यो!!

ऊ सधैं दुख पीडा नभनेर हिड्यो
शोषक ले लुटेका हरेक
गतिविधि विरुद्ध लड्यो !
ऊ क्रान्तिका आवाज लिदै हिड्यो
दमन अत्याचारले पिल्सिएका,
ज्वाला हरु बोकि लड्यो !!

ऊ मातृभूमि देशको माया बोकि हिड्यो
वैदेशिक हस्तक्षेपका विरुद्धमा,
साम्राज्यवाद सामु लड्यो !
ऊ नेपाली जनताको माया बोकि हिड्यो
जनघाती आन्तरिक र बाह्य
दलालहरु विरुद्ध लड्यो !!

ऊ मुक्ति या मृत्यु का लागि हिड्यो
देश र जनतालाई मुटुमा राखि
बम बारुद संग लड्यो !
ऊ सुन्दर सभ्य समाजका लागि हिड्यो
अधुरो सपना हामी मा छोड्दै
महान अनि अमर भइ लड्यो !!

✍️ सुरेन्द्र धानुक
अनेरास्ववियु(क्रान्तिकारी)
केन्द्रिय सचिवालय सदस्य तथा
सुदूरपश्चिम प्रदेश इन्चार्ज हुन ।

प्रतिक्रिया दिनुस