अछाम भाद्र १३ , अछाम जिल्लाको मेल्लेख गाउँपालिकाको वडा नम्वर ७ नन्देगडामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडा चित्रवडाका कौशी साउद , किथ्थी साउद रहेका छन्। साँफेवगरबाट मेल्लेख जादै गरेको से १ ज ९८६ नम्वर को जीप नन्देगडा बजार नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको अछाम जिल्ला प्रहरी कार्यलयकले जानकारी दिनुभयो । घाईते मध्ये ४ जना गम्भिर रहेको प्रहरीले जनाएको छ । दुर्घटना के कारणले भयो भन्ने बारेमा अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस