बुटवल भाद्र १३ , नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले प्रधानमन्त्रीकेपी शर्मा ओलीले विदेशबाटै मन्त्रीपरिषदको बैठक सञ्चालन गर्नु उपयुक्त नभएको बताउनुभयो । मुलुकमा गम्भिर परिस्थिति आइपरेको अवस्थामा सत्ता साझेदार दल र विपक्षी दलहरुको सहमतिमा बिदेशबाटै मन्त्रीपरिषद् बैठक सञ्चालन गर्न सकिए पनि अहिले विदेशबाटै मन्त्रीपरिषद् बैठक सञ्चालन गर्नुपर्ने मुलुकमा त्यस्तो केहि गम्भिर परिस्थिति नभएकोले सो बैठक अनुपयुक्त भएको टिप्पणि गरे ।

क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीद्वारा शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव बैद्यले बर्तमान सरकारको विदेश नीति स्पष्ट नभएको बताए । अमेरीकाको इण्डोप्यासिफिक आयोजना र चीनको बिर आर आई आयोजना दुवैमा सहमति जनाएर बर्तमान सरकारले दोहोरो चरित्र देखाएको भन्दै उनले भारत गयो भारतसँग ठिक्क,चीन गयो चीनसँग ठिक्क र अमेरिका गयो अमेरीकासँग ठिक्क बन्ने नीति लिएको आरोप लगाए । बर्तमान सरकार कम्युनिस्ट सरकार नभएको बताउदै उनले राष्ट्रियता,जनजिविका र जनतन्त्रको पक्षमा सामान्य सूधारका कार्यक्रम पनि ल्याउन नसक्ने सरकार कसरी कम्युनिस्ट सरकार हुनसक्छ भनि प्रश्न गरे ।

विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउनु संबिधान बिपरितको काम भएको भन्दै उनले विप्लव नेतृत्वको नेकपाको पनि कार्यनीति स्पष्ट नभएको बताए । उनले बर्तमान सरकारले लोकतान्त्रिक अभ्यासको नाउंमा फांसीवादी अभ्यासमा लागेको आरोप समेत लगाए ।

संसदीय चुनावमा ठेकेदारी र पैसाको चलखेल हुने गरेका कारण निर्वाचनबाट जनमतको कदर नहुने गरेकोले आफ्नो पार्टीले उप चुनाव बहिस्कार गर्ने निर्णयमा पुगेको उनले बताए । अर्को एक प्रशंगमा उनले रेशम चौधरीमाथि राज्य पक्षबाट अन्याय भएको बताएका छन् ।

टीकापुर घटना राजनीतिक भएको भन्दै उनले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने बताए । ७ भदौमा टीकापुरमा भएको थरुहट सम्मेलनबाट फर्किएका वैद्यले शुक्रबारबुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत हो, उनी अन्यायमा परेका छन् । महांसघका अध्यक्ष टेकबहादुर मास्कीरानाको अध्यक्षता र कोषाध्यक्ष भिमबहादुर भुजेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुस