कञ्चनपुर , रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेश गएका  एक नेपाली मजदुरको दुर्घटनामा परी मृत्यु भएको छ ।

बैतडीको डिलाशैनि गाउँपालिका वार्ड – ०४ मठैराज मल्ला जाेखल्ली  घर भएका बहादुर नेगिकाे टेक्टर दुर्घटना भएर मृत्यु भएको छ ।

बहादुर नेगी रोजगारीका लागि भारतकाे हिमाञ्चन प्रदेश मजदुरी गर्न गएका थिए । ज्याला मजदुरी ,रोजगारीका लागि हिमाञ्चल प्रदेश काँजा पुगेका नेगीको टेक्टर दुर्घटना भएर मृत्युु भएको डिलाशैनी ४ जोखल्लीका स्थानिय उत्तम रोकायले बताए । नेगीको दुर्घटना भएर मृत्यु भएपछि गाउँनै सोकमा डुवेको छ ।

नेपालमा रोजगारीको अवसर नपाएर बर्षा यामको सिजनमा छोटो समयका लागि रोजगारीका लागि धेरै नेपाली मजदुर भारको हिमाञ्चल प्रदेश जाने गरेका छन ।

 

प्रतिक्रिया दिनुस