कञ्चनपुर,भाद्र, २ । राजेन्द्र निर्माण सेवा प्रालिका सञ्चालक ठेकेदार भीम बदादुर साउँदले बुडर, दैजी  सडक खण्डमा काम गरेका  मजदुरको ज्याला नदिएर मजदुर माथी श्रम शोषण ठगि गरिएको पाइएको छ ।

राजेन्द्र निर्माण सेवा प्रालिका सञ्चालक ठेकेदार भीम बदादुर साउँदले दैजी बुडर सडक नाली बनाउने कामदार मजदुरहरूको काम गरेको  १ बर्ष  बिति सक्दा समेत ज्याला नदिएरको भन्दै मजदुरले देखेसो पोखेका छन ।

ठेकेदार साँउदले दैजी बुडर सडकको बिल पास भएको ६ महिना, १ बर्ष बिति सक्दा सम्म काम गर्ने मजदुरहरूको ज्याला नदिएर मजदुरलाइ ठगी र मजदुर माथी श्रम शोषण गरेको क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी धरातलले बताए ।

यस अघि पनि बिगतमा राजेन्द्र निर्माण प्रलिका नाममा ठेक्का सम्झैता भएका सडकहरूमा समेत काम अधुरा छोड्ने , कमसाल खालका सडक निर्माण गर्ने मजदुरको ज्याला नदिने भनेर चर्को बिरोध र आलोचना हुने गरेको पाइन्छ ।

बुडर दैजी सडक खण्डमा नालीको काम गर्ने मजदुरको पैसा तत्काल भुक्तानी गर्न माग गर्दै नेकपा क्रान्तिकारी माओवादीले एक प्रेस विज्ञप्ती जारी गरेको छ । क्रान्तिकारी माओवादी डडेलधुरा जिल्ला सेक्रेटरी धरातलले बिहिवार प्रेस नोट जारी गरेेर तत्काल मजदुरको पैसा उप्लब्ध गराउन माग गरेका छन ।

तत्काल मजदुरको पैसा नदिए कडा संघर्ष गर्ने र जनकार्बाहिमा जान बाध्य हुने‌ प्रेस नोटमा‌ जनाएको छ ।

यि हुन मजदुर माथी श्रम शोषण गर्ने ठेकेदार भीम साँउद

यस्तो छ प्रेस नोट 

 

 

प्रतिक्रिया दिनुस