कैलाली । सुदूरपश्चिम प्रदेशका बरिष्ठ शिक्षा प्रशासक दुर्गादत्त विष्टको सरुवा भएको छ । शिक्षा तालिम केन्द्र दिपायल डोटीका प्रमुख विष्टको सरुवा भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयले बरिष्ठ शिक्षा प्रशासक विष्टको तालिम केन्द्रबाट शिक्षा विकास निर्देशनालय प्रमुखको जिम्मेबारी दिने गरी दिपायल डोटीमा सरुवा गरेको छ ।

प्रदेश सरकारका सबै सेवा समुहका बरिष्ठ उपसचिव अधिकृत १० औँ तह विष्टलाई पुन प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाको शिक्षा प्रशासक हेर्ने गरी शिक्षा निर्देशकको रुपमा सरुवा गरेको हो ।

तत्तकालिन जिल्ला शिक्षा कार्यालय कञ्चनपुर, दार्चुला, डडेल्धुरा, डोटी सहित विभिन्न शिक्षा कार्यालय प्रमुखको जिम्मेबारीमा हुँदा शिक्षा क्षेत्रको सुधारका साथै जिल्लालाई उत्कृष्ठ बनाउन सफल भएका थिए ।

शिक्षा क्षेत्रमा सुधार गरेर ख्याती कमाएका विष्ट सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगका संस्थापक सचिव तथा कार्यालय प्रमुखको जिम्मेबारीमा हुँदा ऐन,नियम, कानुन एव विभिन्न कार्यविधी बनाएर प्रदेशका रिक्त दरबन्दीको पदपूर्तिका लागि सुचना प्रकासित गरेका थिए ।

तालिम केन्द्र प्रमुख हुँदा समेत तालिम आवास हल, तालिम सुचना प्रणाली व्यवस्थापन गरेका थिए । बरिष्ठ शिक्षा प्रशासक विष्ट जहाँ जुन स्थानमा सरकारले खटायो, त्यही ठाँउमा कुसलतापुर्वक काम गर्दै ख्याती कमाउँदै आएका विष्टको सरुवासंगै बधाईको ओईरो छ ।

बरिष्ठ शिक्षा प्रशासक विष्ट सहित प्रदेश सरकारले एक साथ छैटौँदेखि १० औँ तहका कर्मचारीको एकसाथ सरुवा गरेको छ ।

प्रतिक्रिया दिनुस