कञ्चनपुर । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल क्रान्तिकारी महिला संघ भीमदत्त नगरको अध्यक्षमा आनन्दी देवी भट्ट चयन भएका छन । बिहीबार महेन्द्रनगरमा अखिल नेपाल क्रान्तिकारी महिला संघको प्रथम नगर भेलाबाट अध्यक्षमा भट्ट चयन भएकी हुन ।

उपाध्यक्ष भागरथी विष्ट, हंसा कुमारी जोशी(लुहार), सरस्वती नेपाली, सचिव भारती कुमार विष्ट(कुँवर), सह–सचिव आशा चौधरी, कोषाध्यक्ष कल्पना चौधरी चयन भएका छन ।

सदस्यहरुमा लक्ष्मी बोहरा, तुलसी कुमाल, लक्ष्मी ्लुहार ,जानकी चन्द, अनिता चौधरी, जानकी लुहार, मेनुका प्रजा, गिता सार्की, बिमला लुहार, सरु तिरुवा, सोभा टमाटा, शुशिला चन्द, सरस्वती महर रहेका छन ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माया नेगीको प्रमुख आथित्यमा भएको कार्यक्तममा नेकपा माओवादी कञ्चनपुरका युवा नेता देवेन्द्र ढुङ्गगाना, महिला नेतृ कौसिल्ला ओझा, निरुदेवी विक, शान्ति शाही लगायतको उपस्थितिरहेको थियो ।

यसैविच अखिल नेपाल क्रान्तिकारी महिला संघ कञ्चनपुरले जिल्लामा महिला हिन्सा रोकथाम एव छाडा पशु चौपायका व्यवस्थापनको माग अघि सारेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएको छ ।

महिलामाथि हिन्सा नरोकिएको र छाडा पशु चौपायाका कारण खेतबारीमा आएका पशु चौपाया धपाउन महिला बढि हैरान भएकाले समयमै नियन्त्रण गर्न माग अघि सारेको छ ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक सिह भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै महिला अगुवाहरुले समयमै छाडा पशु चौपाया नियन्त्रण रमहिलामाथि हुने सबै खाले हिन्सा नियन्त्रण नभए आन्दोलन गर्ने चेतावनी दिएका छन ।

प्रतिक्रिया दिनुस