विकास सिह महता

कञ्चनपुरको बेलडाँडीका एक युवाले आफ्नो जन्मदिनको अवसर पारेर अनाथ बालबालिकालाई शैक्षिक समाग्री वितरण गरेका छन । बेलडाँडी गाँउपालिका १ कञ्चनपुरका स्थानीय युवा दिनेश सुनारले जन्मदिनको अवसर पारेर अनाथ बालबालिकालाई शैक्षिक समाग्री वितरण गरेका हुन ।

सुनारले बिहीबार महेन्द्रनगर स्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा बस्दै आएका अनाथ बालबालिकालाई कापि, डटपेनका साथै फलफुल, मिटाई वितरण गरेका छन । ब्राह्मायूपीभिसीका संचालक एव विद्यार्थी अगुवा सुनारले जन्मदिनमा समाजिक कार्य गर्ने उदेश्यले आफ्नो तफर्एबाट सक्दो अनाथ बालबालिकालाई शैक्षिक समाग्री वितरण गरेको बताए । ‘विद्यार्थी जिवनमा थुप्रै समस्या र अभाव हुन्छन, ‘उनले भने, ‘तैपनि अनाथ बालबालिकामा झन समस्या हुन्छन, त्यही भएर मैले सक्दो सहयोग गरेको छु ।’ कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता सिरोमणी कुमार ओझा(सुर्य), एमाले युवा नेता नितेश रावल, कार्यालय प्रमुख शंकर चन्द सहितका पत्रकार, एव दिनेशका सहोदर दाजु नरेश सुनार सहितका आफन्त एव पत्रकारले दिनेशको उक्त कार्यको प्रसंसा गरेका छन । आगामी दिनमा समेत समाजिक कार्य गर्दै जाने उनले प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस