हजारौं सुन्दर सपनाहरू बोकि मुठ्ठी बाधेर हरेक ब्यक्ति को जन्म भएको हुन्छ। मुठ्ठी भित्रका सपनाहरू पूरा गर्न अनौठो जीवन बिताइरहेको हुन्छ। ती सपनाहरू पूरा गर्न नपाउदै जीवनले मृत्युको नजिक पुर्याइ सकेको हुन्छ र खुल्ला हात छोडेर ती अधुरा सपनाहरू त्यही सम्म छोडेर जान्छ। यसरी जन्म पछि मृत्यु निश्चितरूपमा हुन्छ। मृत्यु हुनु का कारण थुप्रै हुन् सक्छन्। प्रायःजसो मान्छेहरु बिरामी भएर,सवारी दुर्घटना मा परेर,युद्धमा लडेर,एक आपसमा झगडा गरेर,भीर बाट खसेर,रुख बाट खसेर,नदी ले बगाएर,पहिरो ले दवाएर,आत्महत्या गरेर आफ्नो प्राण त्याग गरिरहेका घटनाहरु थुप्रै छन्।

कुनै पनि ब्यक्ति मरेको खबरले स्तब्ध हुनु,शोक मा डुब्नु,दुख लाग्नु,आश्चर्यजनक हुनु र अचम्म मा पर्नु स्वभाविक प्रक्रिया नै हो। आजभोलि मृत्युको खबर कसरी सस्तो लोकपि्रयता बन्न पुग्यो। मान्छे मरेको खबर सुन्नु या सामाजिक संजाल मा देख्नु मात्रै पर्छ मान्छे हरुले Rip,Sad, news,श्रद्धाञ्जली,स्वर्ग मा बास होस्,बैकुण्ठ मा बास होस् आदि इत्यादि शब्द प्रयोग गरेको थुप्रै भेटिन्छन् तर के यी शब्द हरु भन्नू या लेख्नु भन्दा पहिले तिनीहरुले एकपटक मृत्यु को कारण,ती मृतक ब्यक्तिको पीडा,ती ब्यक्तिको देश,जनता अनि समाज प्रतिको योगदान,त्यो मृतक ब्यक्तिको अभावमा हुने क्षती को बारेमा १ मिनेट पनि मनन गरेका या सोचेका हुन् त? पक्कै होइन। किन आज समाज कै सर्बश्रेष्ठ भनिएको प्राणी यो बिषयमा पशु सरह भएका छन्।

हरेक ब्यक्ति मरेर जान्छ,मृत्यु को कुनै न कुनै कारण हुन्छ। तर मृत्यु को अर्थ नै नबुझी सरल र हलुका तरिकाले ती मृतक ब्यक्तित्वहरु प्रती शोक र संवेदना का शब्दहरु प्रयोग गर्नु भन्दा पुर्ब एकचोटि मनन अनिवार्य गरौं,किनकि कुनैकुनै ब्यक्तिहरु लाई एकचोटि मात्रै होईन हजारौं चोटि हार्दिक श्रद्धाञ्जली दिनुपर्ने र सम्झिनु पर्ने घटनाहरु छन्।

नेपाल निर्माणको ऐतिहासिक घटनाक्रम(नेपाल अंग्रेज भारत बिचको युद्ध/बाइसे,चौबिसे राज्यका युद्ध) र राजनैतिक घटनाक्रमका विभिन्न कालखण्ड(राणा बिरोधि आन्दोलन २००६,झापा बिद्रोह २०२८,निरङ्कुश पन्चायती २०३६,बहुदलीय ब्यबस्था २०४६,महान जनयुद्ध २०५१/५२,जनआन्दोलन ०६२/६३,एकीकृत जनक्रान्ती ०७१) मा थुप्रै नेपाली महान सपुतहरुले यो देश निर्माण,जनताको अधिकार र मुक्ति,यो देशको।  सामाजिक,आर्थिक,नैतिक,भौतिक,साँस्कृतिक,राजनैतिक रुपान्तरणका लागि वर्गसंघर्ष को भुमरीमा जीवन बलिदान गरेका छन्। साम्राज्यवाद को पन्जा बाट यो देशको रक्षा गरेका छन्। देशी बिदेशी दलाल हरु संग लडेर नेपाल लाई आजको दिन सम्म राष्ट्रिय स्वाधीनता,अखण्डता,सार्वभौमसत्ता,स्वतन्त्रता को निशानी वीर गोर्खालीहरुको देश नेपाल भनेर बिश्व सम्म चिरपरिचित गराएका छन्।

त्यसैले आजको दुनियाँमा शहिदहरु लाई जिस्काउने र अपमान गर्ने कार्य जस्तै भएको छ शोक व्यक्त गर्ने ती विभिन्न शब्दावलीहरु। यसको मतलब मैले देश र जनताको लागि लडेर मर्ने बाहेक अरु लाई अपमान गर्न खोज्या होईन अर्थात तिनीहरुलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु पर्दैन भनेको होईन। भन्न खोजेको के हो भने कुनै कुनै ब्यक्तिहरु लाई हजारौं पटक हार्दिक श्रद्धाञ्जली व्यक्त गरेपनि कमै हुन्छ। भुमण्डलीकृत साम्राज्यवाद को चपेटा परेको र वैदेशिक राष्ट्रहरु ले हाम्रो देश प्रती गिद्दे नजर लगाएको नेपाल को पछिल्लो राजनैतिक घटनाक्रमलाई हेर्दा पनि थुप्रै ब्यक्तित्वहरुले देश र जनताको मुक्ति र न्यायको लागि बलिदान दिएका छन्। पार्टी नेतृत्वहरु ले ती महान सहिदहरु लाई एकचोटि शोक वक्तव्य निकालेर ती महान सहिद र सहिद परिवार प्रती अपमान गरेका छन्,किनकि तिनीहरुको सपनाहरू पूरा गर्ने प्रतिबद्धता र संकल्प लाई आत्मसात् गरेका छैनन्,तिनीहरुको योगदान र तिनीहरुको अभावमा हुन गएको क्षतिको महशुस गरेका छैनन्। उल्टै सहिद र सहिद परिवारको नाममा राजनीति गरि कुर्सी,पैसा,पद को लागि मरिहत्ते कसरत गरिरहेका छन्। आफू हिड्दै खोज मेट्दै भनेझै ती वीर सहिद र तिनीहरुका परिवार आफन्तजन लाई बिर्सिदै कहिल्यै नफर्किने भएका छन् ।

त्यसैले हेक्का रहोस् जनता का छोराछोरी नै सहिद हुन्,जनता का छोराछोरी नै कार्यकर्ता हुन्,जनता कै पैसा,कुर्सी,पद हो तपाईहरुले हत्याएको,जनता माथि बाघको छाला मा स्यालको रजाइँ हो तपाइहरुको अनि जनता माथिको अपमान हो।

बिद्रोह जनताको अधिकार हो इतिहासका निर्माता जनता हुन् भन्ने भनाइ नबुझेको पार्टी नेपालमा कोहि नहोला। जनता ले आट्यो भने तपाईहरु संग भएको सबै फाट्यो भनेर बुझ्नुपर्छ। कुनै पनि पार्टी र नेतृत्व लाई छुट छैन सहिद प्रती अपमान गर्ने र सहिद का सपनाहरू लाई अधुरै राख्ने। त्यसैले हरेक ब्यक्ति को मृत्यु लाई एउटै तरिकाले हेर्नू र एकपटक शोक वक्तव्य निकालेर राजनीतिक यात्रा तय गर्नु महान भुल हुनेछ। लेखक नेकपा बहुमत पार्टीका युवा नेता सुरेन्द्र धानुक हुन ।

प्रतिक्रिया दिनुस