कृष्ण नेपाली ।  कञ्चनपुरको पूर्णा माध्यमिक विद्यालयमा भवनको अभावका कारण आधारभूत तहका विद्यार्थीहरु बाहिर बसेर पढ्न बाध्य भएका छन ।
भीमदत्त नगरपालिका १२ ऐरीको पूर्णा माध्यमिक विद्यालयमा विद्यार्थीको संख्या बढि भएकाले भवन अभावका कारण आधारभूत तहका विद्यार्थीहरु बाहिर बसेर पढ्न बाध्य भएका हुन् ।

भवन अभावकै कारण विद्यालयमा विद्यार्थी भर्ना बन्द गरेको विद्यालयका प्रअ धनिदत्त पन्तले बताए । प्रअ पन्तले भने विद्यालयमा १ हजार ३ सय बढि विद्यार्थीहरु रहेका छन् । तर हामीसंग २७ कोठा मात्रै भएकाले विद्यार्थीहरुलाई कक्षा कोठामा व्यवस्थापन गर्न समस्या भएको बताउनु भएको छ ।

कम्प्युटर भवनमा पनि कम्प्युटर सिक्ने विद्यार्थीको चापले प्रयोगात्मक कक्षा सञ्चालन अफ्ट्यारो भएको बताए । प्र.अ. पन्तले भने छात्रछात्राहरुले भवन अभावका कारण विद्यालयको ग्यालरी र स्टेजमा बसेर पढ्न बाध्य भएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर सिंह क्षेत्रीले स्थानीय सरकारसंग भवन माग गर्दा पनि व्यवस्था नगरेको बताए । उनले भने जुन विद्यालयमा विद्यार्थी छैन त्यही विद्यालयमा भवन दिएको आरोप लगाएका हुन ।

स्थानीय, प्रदेश र संघ सरकारले यस विद्यालयमा विद्यार्थीको अवस्था अध्ययनगरी समस्या समाधानका लागि सहयोग गर्न अपिल गरे ।

प्रतिक्रिया दिनुस