कञ्चनपुर, भाद्र ,७ ।नेकपा विप्लव सहितका चार राजनीतिक दलले  (मंगलबार) नेपाल बन्द आब्हान गरेका छन । विप्लव र सरकारसंग भएका तीन बुँदे सहमती सरकारबाटै उलङघन भएको र एमसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयन बिरुद्धमा नेपाल बन्द आब्हान गरेको उक्त पार्टीले जनाएको छ ।

नेकपा विप्लवले कञ्चनपुरमा समेत नेपाल बन्द गराएका छन । बिहानैदेखि विप्लवका नेता कार्यकर्ता बन्द गराउन हिडेका छन । बन्दका कारण कञ्चनपुरबाट लामो तथा छोटो दुरीका सवारी साधन संचालन हुन नसकेका छैनन । भारतबाट फर्किएका मजदुर बसपार्क, गड्डाचौकी सीमा क्षेत्रमा अलपत्र परेका छन । बन्दका कारण यातायात, शिक्षण संस्था, उद्योग व्यवसायी लगायतका क्षेत्रमा प्रभाव परेको छ ।

नागरिक स्तरबाट भने बन्दको विकल्प खोज्दै अन्य विधीबाट संघर्षका कार्यक्रम अघि बढाउन समेत दलहरुमा माग अघि सारिदै आएको नागरिकको अपिल जायज भएको तर, बाध्यताबस नेपाल हड्ताल आब्हान गरिएको जनाएको छ ।

नेकपा विप्लव कञ्चनपुरका युवा नेता राजेन्द्र विष्ट(परिर्वतन)ले बाध्यताबस बन्द आब्हान गरिएको बताए । कञ्चनपुरमा बिहानैदेखि साँझ ५ बजेसम्म बन्द गरिने बताए । बन्द पार्टी विशेषका लागि नभई समग्र राष्ट्रकै लागि भएको बताउँदै उनले सहयोगका लागि अपिल गर्नुभयो । अति आवश्यकीय साधनमा समेत कुनै रोकटोक गरेको छैन । बन्दको एकाबिहानै कैलाली, बैतडी सहितका विभिन्न स्थानमा संकास्पद बस्तु फेला परेका छन ।

यसैविच प्रहरीले कञ्चनपुरमा समेत तीन जना विप्लवका नेता कार्यकर्तालाई पक्राउ गरेको छ । ललित एसके, भरत विक र अनिल घडेरीलाई पक्राउ गरिएको छ । बन्दकर्ताले बिना कारण शान्तिपुर्ण बन्दका क्रममा पक्राउ गरेको भन्दै प्रहरीको भत्र्सना गरेको छ । भने प्रहरीले जबरजस्ती बन्द गराउँदै हिडेको भन्दै पक्राउ गरेको जनाएको छ । विप्लव कञ्चनपुरले भने बन्दकर्तालाई निरुत्साहित गर्न र आन्दोलन दमनका लागि पक्राउ गरेको दावि गरेको छ ।

प्रतिक्रिया दिनुस