कञ्चनपुर । निर्माण व्यवसायी संघ कञ्चनपुरको भावि अध्यक्षका लागि निर्माण व्यवसायी पुष्पराज अवस्थीले उम्मेदवारी घोषणा गरेका छन । बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै निर्माण व्यवसायी अवस्थीले संघको भावि नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका हुन ।
संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका युवा निर्माण व्यवसायी अवस्थीले अध्यक्ष पदमा आफ्नो दावि रहेको भन्दै उम्मेदवारी सार्वजनिक गरेका छन । भदौँ तेस्रो साता निर्माण व्यवसायी संघको १४ औँ अधिवेशन तथा २५ औँ साधारण सभाबाट नयाँ कार्य समिति चयन हुनेछ ।
निर्माण व्यवसायी सघको सदस्यहुँदै उपाध्यक्ष, बरिष्ठ उपाध्यक्ष भएका अवस्थीले रोलक्रम अनुरुप बरिष्ठ उपाध्यक्षबाट अध्यक्षका लागि आफ्नो स्वभाविक दावि रहेको बताए । अवस्थीले जिल्लाका अधिकाँस निर्माण व्यवसायीको सहयोगले नेतृत्वका लागि अग्रसर भएको बताए । ‘मैले अध्यक्षमा दावि गर्नु नेतृत्व लिनु स्वाभाविक प्रकृया पनि हो, ‘उनले भने, ‘सदस्य हुँदै उपाध्यक्ष, बरिष्ठ उपाध्यक्ष भएपछि नेतृत्व लिन अध्यक्ष पद नै रोज्नुपर्छ ।’
०५४ सालदेखि निर्माण व्यवसायीमा रहेका अवस्थीले व्यवसायीको हकहितका साथै संस्थाको विकासका लागि आफुले नेतृत्व लिन लागेको बताए । ‘अहिले निर्माण व्यवसायीका थुप्रै समस्या छन, ‘उनले भने, ‘तर समाधानका लागि कुनै पहल भएनन, नेतृत्वमा गएपछि समस्या समाधान गर्छु ।’
कोरोना महामारीदेखि देश संघीयतामा गएपछि निर्माण व्यवसायी चौतर्फि मारमा परेको भन्दै निर्माण क्षेत्रमा स्वच्छ प्रतिस्पर्धाका माध्यामबाट दिगो विकास र सम्बृद्धिका लागि आफ्नो पहल कदमी हुने बताए । कञ्चन राष्ट्रिय निर्माण कम्पनीका संचालक अवस्थी झण्डै अढाई दशकदेखि निर्माण क्षेत्रमा सकृय छन । भीमदत्त नगरपालिका क्षेत्रकै स्थानीय अवस्थी विवाद रहित निर्माण व्यवसायी हुन । उनले आफु राजनीतिक रुपमा भन्दा पनि स्वच्छ आम निर्माण व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता जोहर गरेका छन । उम्मेदवारी घोषणासंगै जिल्लाभरीका निर्माण व्यवसायीसंग थप समन्वय गर्ने बताए । ‘सकभर सहमतीमै निर्माण व्यवसायी संघको कार्य समिति विस्तार गछौँ, ‘उनले भने, ‘सहमती भए म बाधक बन्दिन् ।’ संघको नेतृत्व पाए आम जिल्लाभरीका निर्माण व्यवसायीको हकहितका साथै संस्थाको समेत संस्थागत विकास गर्ने अवस्थीले प्रतिबद्धता जाहेर गर्नुभयो । निर्माण व्यवसायी संघका झण्डै ३सय बढि साधारण सदस्यले नेतृत्व चयन गर्नेछन ।

प्रतिक्रिया दिनुस