कञ्चनपुर, भाद्र ,९ । नेपाली काँग्रेस नेता समेत रहेका ठेकेदार राजेन्द्र निर्माण सेवाका संचालक भीम साउदका कञ्चनपुरका अलपत्र ठेक्कामा कालो ब्यानर लगाएर निरन्तर खवरदारी जारी रहेको छ । राजेन्द्र निमाण सेवाका अधुरा योजना, त्यहाँ बहुमत युवा जनस्वयमसेवक संगठनको कालो ब्यानर टाँस्ने काम भईरहेको युवा जनस्वयमसेवक नेपालक कञ्चनपुरका इन्चार्ज दिपेन्द्र ऐरीले बताए ।
नेकपा बहुमतको सहयक संगठन युवा जनस्वयमसेवक नेपालले देशभरि नै राजनितीक गतिविधि तिव्ररुपमा बढाएको छ। देश भरनै राज्यले गर्ने हरेक नकारात्मक गतिविधिहरु लाई खवरदारी गर्दै अगाडि बढिरहेको छ,यसै क्रममा युवा जनस्वयमसेवक नेपाल कञ्चनपुरले राजेन्द्र निर्माण सेवा प्रा।लि कम्पनी का सञ्चालक भिमसाउदले निर्माणकार्य गरेको चरम लापरबाही लाई खवरदारी गर्दै श्रावण २९ गते सडक डिभिजन कार्यलय महेन्द्रनगर मार्फत पुर्वाधार विकास तथा यातायात मन्त्रालय लाई ध्यानाकर्षण पत्र बुझाएको थियोे , तर निर्माण कम्पनी र सञ्चालकले कुनै चासो नदेखाएको भन्दै आज निमार्ण कार्य भिमदत्त नगरपालिका ११ भुजेला माताकुटिया पुल , भिनपा ०९ कामिकाटे खोला पुल र बेदकोट नगरपालिका वडा नम्बर ६ र ७ मुसेपानि खोला पुलमा पनि कालो टास्दै निमार्ण कम्पनी द्वारा गरिएका कामहरुको बारेमा कालो व्यानर टासिंएको छ।