सुदूरपश्चिम विश्व विध्यालय परिक्षा सह नियन्त्रक  विर बहादुर सिंहले पदिय जिम्मेवारीको ख्याल नगरी दोहरो काम गरेको गुनासो आएको छ । सुदूरपश्चिम विश्व विध्यालय परिक्षा सह – नियन्त्रक प्राध्यापक विर बहादुर सिंहले दोहोरो काम गरेर परिक्षाको विस्श्वसनीता माथी गम्भीर आँच आउने काम गर्दै आएको व्यापक गुनासो रहेको छ ।

विध्यालय परिक्षा सह नियन्त्रक प्राध्यापक विर बहादुर सिंहले केन्द्रिय क्याम्पस मानविकी संकायमा प्राध्यापन गर्दै आएका छन ।

सु.प विश्व विध्यालयका परिक्षा सह – नियन्त्रक जस्तो गम्भीर र सम्वेदनशिल जिम्मेवार पदमा रहेका सिंहले आर्थिक आयआर्जनको प्रलोभनमा परी केन्द्रिय क्याम्पस मानविकी संकायमा अध्यापन गरेर दोहोरो काम गरेको भेट्टिएको छ ।

सु.प विश्व विध्यालय परिक्षा सह – नियन्त्रक प्राध्यापक विर बहादुर सिंहले केन्द्रिय क्याम्पस मानविकी संकायमा गत बर्ष शैक्षिक सत्र अन्तिम चरणमा पुगेकोले प्राध्यापक अभाका कारणले अध्यापन गरेको सु.प विश्व विध्यालयका परिक्षा नियन्त्रक देव सिह नाथले बताए । उन्ले भने गत बर्ष प्रश्नपत्र नबनाउने गरेर अध्यापन गराएको भए पनि यस बर्ष अध्यापन गर्नु हुन्न म केहि दिन बैतडी ,दार्चुला लगायतका क्याम्पसहरुका परिक्षाको अनुगमनमा गएकोले मलाइ यस बिषयमा जानकारी नरहेको म कार्यालय गएर यस बिषयमा सोधपुछ गरेर जानकारी दिने बताए ।

सुदूरपश्चिम विश्व विध्यालयको विभिन्न संकायमा प्राध्यापकहरूको अभाव भए पनि डिन कार्यलय, सेवा आयोगको कार्यालयले विज्ञापन गर्न आनाकानी गरेको चासो नदेखाएको केन्द्रिय क्याम्पसमा अध्ययरत बिध्याथीहरूले बताए ।

यसै बर्षको असार महिनामा विभिन्न संकायमा डिन कार्यालयले विषय करार प्राध्यापकको विज्ञापन गरिएको भए पनि केहि व्यक्ति र   राजनैतिक समुहहरूको आर्थिक स्वार्थका लागि विज्ञापन स्थगित गरिएको छ ।

परिक्षा सह – नियन्त्रक सिहको विषमा सुदूरपश्चिम विस्व विध्यालयका उप-कुलपति डा. अम्मर राज जोशी लाइ फोन सम्पर्क गर्दा मलाइ जानकारी नभएको भनेर पन्छिन खोजेका छन ।

यस बिषयमा मानविकी संकायका डिन डा. मुकुन्द कलौनीलाइ सम्पर्क गर्दा म बिजि छु मलाइ यस बिषयको जानकारी नरहेको विभागिय प्रमुख लाइ सोध्न भन्दै गैर जिम्मेवारी अभिव्यक्ति दिए ।

विध्यालयको परिक्षा सह – नियन्त्रक जस्तो जिम्मेवार र संम्वेदनसिल बिषयमा सरोकारवाला निकायको ध्यान जान जरूरी रहेको छ ।

सुदूरपश्चिम विश्व विध्यालयमा केहि राजनितिक समुह हरूले विश्व विध्यालयमा अराजकता सिर्जना गर्दै , रजिस्टार, डिन , विभागिय प्रमुख, कर्मचारी भर्ना गर्दा भाग बन्डा गर्न र आसेपासेको भर्ति केन्द्रको रूपमा प्रयोग गर्दा विश्व विध्यालय धराशाही हुदैँ गइरहेको छ ।

 

प्रतिक्रिया दिनुस